नाडिमनको गुमेको करिब २ करोड उठाउन चन्द्रनगरलाई उच्च अदालतको आदेश

196 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रहेको ऐतिहाँसिक नाडिमन तालको माछा ठेक्कामा दिँदा छुट दिएको रकम माथि उच्च अदालतले चासो व्यक्त गरेको छ।चन्द्रनगर गाउँपालिकाका तत्कालीन अध्यक्ष महेन्द्र महतोले माछा ठेकेदार दुलार मुखियालाई दिएको छुट वापतको रकमका सवालमा उच्च अदालतले चासो व्यक्त गरेको गाउँपालिका अध्यक्ष राजकुमार महत्तोले बताए ।
उनका अनुसार नाडिमन तालको ठेक्कामा रु एक करोड ८९ लाख रकम पचाउने षडयन्त्र भएको भन्दै उच्च अदालतमा उजुरी परेपछि अदालतले उक्त ठेकेदार कम्पनीलाई सम्झौता विपरित रु २० लाख रकम छुट दिने निर्णय विरुद्ध निर्णय भएपछि नेपाल सरकारको राजश्व सहित चन्द्रनगर गाउँपालिकालाई तिर्नु पर्ने रु एक करोड ८९ लाख असुल गर्न बाटो खुलेको हो ।
तत्कालिन गाउँपालिका अध्यक्ष महतोको रोहवरमा र उनकै कार्यकालको पाँच वर्षको लागि नाडिमन ताल रु छ करोड १९ लाख ९५ हजारमा ठेक्का लिएका रवि मत्स्य पालन उद्योग प्रा. लि.का सञ्चालन चन्द्रनगर गाउँपालिका ६ कामदका मुखियाले ठेक्काको म्याद सकिँदा पनि रु एक करोड ८९ लाख ठेक्का अनुसारको किस्ता र नेपाल सरकारको राजश्व वापत रकम नबुझाएपछि गाउँपालिकाले उच्च अदालतमा मुद्धा हालेको अध्यक्ष महत्तोले बताए ।
उनका अनुसार चन्द्रनगर गाउँपालिकाले बांकी किस्ता बुझाउन १५ पटक भन्दा बढी लिखित पत्र मार्फत र कयौं पटक मौखिक रुपमा ताकेता गर्दा पनि ठेकेदार मुखियाले बांकी किस्ता रकम नबुझाएर ठेकेदार मुखियाले सर्लाही जिल्ला अदालतमा चन्द्रनगर गाउँपालिका सहित गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रसशासकीय अधिकृत विरुद्ध मुद्धा दायर गरेका थिए ।
जिल्ला अदालत सर्लाहीले पनि समय सिमा भित्र बांकी किस्ता तिर्नु पर्ने हेतुको फैसला गर्दा ठेकेदार मुखियाले उच्च अदालत जनकपुरमा पुनःसोही मुद्धा दर्ता गरेर समय पास गर्ने, अल्झाउने र बांकी किस्ता तिर्न नपरोस भन्ने बदनियतपुर्ण काम गरेका गाउँपालिकाले जनाएको छ ।
उच्च अदालत जनकपुरले २०८२ मंसिर १ गते जिल्ला अदालतकै फैसलालाई सदर गर्ने फैसला गरेको छ जसले ठेकेदार मुखियाबाट बांकी किस्ता असुल गर्न विभिन्न कानुनी प्रक्रिया अगाडी बढाउन बाटो खुल्ला गरेको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।जस अनुरुप चन्द्रनगर गाउँपालिकाले अदालतले फैसला गरेको र चन्द्रनगर गाउँपालिकाले आवश्यक कानुनी प्रक्रिया अगाडी बढाई सकेको जनाएको छ।साथै चन्द्रनगर गाउँपालिकाले ठेकेदार मुखियालाई तुरुन्त बांकी किस्ता गाउँपालिकाको कार्यालयमा र नेपाल सरकारको राजश्व नियमानुसार बुझाउन अनुरोध समेत गरेको छ ।

सम्बन्धित समाचार