जिल्लाका प्रमुखहरुको टोलीद्धारा हुलाकी सडकको निरीक्षण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१४ गते   ४३३ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
पूर्व–पश्चिम हुलाकी सडक खण्ड अन्र्तगत सर्लाहीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी सडक खण्डको  सर्लाहीका प्रमुखहरुले निरीक्षण गरेका छन् ।जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह,प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,निर्माण व्यावसायी चन्द्रिका साहलगायतले जिल्ला सदरमुकाम मलंगवादेखि ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्ही सम्मको हुलाकी सडकको निरीक्षण गरेका हुन् ।्
हुलाकी सडकको भेल्हीलगायतका केही स्थानहरुमा सडकमा परेको घर स्थानीयले भत्काउन अटेर गरेपछि सडक निर्माणको काम नै रोक्किरहेको छ । भने धेरै जसो स्थानमाहरुमा सडक निर्माण तिब्रगतिमा भई रहेको छ ।


ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्हीमा हुलाकी सडकको निर्माण भई रहेको

जिल्ला सदरमुकाम मलंगवाकै पुरानो भन्सार क्षेत्रमा सडकको साइड क्लियर नहुँदा सडक निर्माण काम गर्न नसकिएको निर्माण व्यावसायीहरुले बताएका छन् ।भने मलंगवामै नालाको काम पाएको विकास एण्ड व्रदर्श निर्माण कम्पनिले काम अलपत्र छाडेको हो ।
यस्तै,त्रिभुवननगरदेखि सोनवर्षासम्म पुग्ने सडकमा समेत साइड क्लियर नहुँदा निर्माणको कामले गतिलिन सकेको छैन ।भेल्ही, मलंगवालगायतका स्थानमा हुलाकी सडकको साइड क्लियर गराउन समन्वय समितिका सभापति सिंह सहित आफुहरुले बारम्बार अनुगमन र अनुरोध गरि रहेका भएपनि घरधनी र राजनीतिक नेतृत्व गर्ने व्यक्तिले नै अनेक बहानाबाजी गर्दा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।


उनका अनुसार यो अभियानमा जनप्रतिनिधिहरुले साथ नदिँदा समस्या भइरहेको हो । हुलाकी सडक नबन्दा स्थानीयलाई आवातजावतमा समस्या भइरहेको छ भने सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्मे हुँदा स्थानीय हैरान भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech