सर्लाहीको लालबन्दी नगरपालिका ७ का अन्दाजी २२ वर्षीय वैभव ढुङ्गानाको बाराको निजगढमा भएको सवारी दुर्घटनामा ज्यान गएको छ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढ नगरपालिका ९ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा बागमती प्र.२–०४२ प ९८२४ नम्बरको मोटरसाइकलका चालक ढुङ्गाना र बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकलका चालक निजगढ नगरपालिका ६ धियालटोलका अन्दाजी २३ वर्षीय सुरेश श्रेष्ठको घटनास्थल मै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना भए लगतै घाइते भएका ढुङ्गानालाई उपचारका लागि एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थिए ।