सर्लाहीको हरिपुर्वा नगरपालिका ४ स्थित डुमरियामा हातखुट्टा बाँधेर झुण्ड्याईएको अवस्थामा एक युवकको शव फेला परेको छ।हरिपुर्वा नगरपालिका ४ स्थित डुमरियामा शुक्रबार हातखुट्टा बाँधेर रुखमा झुण्ड्याईएको अवस्थामा एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार हरिपुर्वा नगरपालिका ४ डुमरियाका सिकिन्द्र रायका छोरा अन्दाजी वर्ष १९ का धिरज रायको हातखुट्टा बाँधेर झुण्ड्याईएको अवस्थामा शव फेला परेको हो ।घटनास्थलमा प्रहरी टोलि खटिएर घटनाको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह आएदेखि यस प्रकारकाअपराधिक घटनाहरु धमाधम भई रहेका भएपनि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाही र यहाँका प्रहरी अधिकारीहरु सुस्त देखिएका जानकारहरु बताउँछन् ।