Close This

शसस्त्र प्रहरीद्धारा रु ८० हजारको भन्सार छलीका सामान बरामद्, प्रनी ढुंगाना विदामा बसेपछि तस्कर सल्बलाए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-१६ गते   ७६ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ७ बाट शसस्त्र प्रहरी बल सुरक्षा वेस सागरनाथले भन्सार छलीका सामानहरु बरामद् गरेको छ ।
 इश्वरपुर नगरपालिका ७ धनपती डाँडा(गणेशचोक)मा त्रिभुवननगरबाट बथलवास आउँदै गरेको ना ४ ख ५३९९ नम्बरको बसलाई शंकालागि चेकजाँच गर्दा कपडा,बच्चाहरुको खेलौना, र बच्चाहरुको कपडा गरी कुल रु ८० हजार बराबरको भन्सार छलीको सामान बरामद् भएको शसस्त्र प्रहरी बल सुरक्षा वेस सागरनाथले जनाएको छ ।
खुलला सिमानाको फाईदा उठाउँदै तस्करहरुले भन्सार छलीका सामानहरुबस,म्याजिक,अटो÷रिक्सा तथा मोटरसाईकलको प्रयोग गरि जिल्लाको बयलबास,लालबन्दी र हरिवनका बजार सम्म पुर्याउने गरेका छन् । ईलाका प्रहरी कार्यालय बयलवासमा प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगाना प्रमुख भएर आएपछि तस्करहरुको निद हराम भएको थियो । तर अहिले उहाँ विदामा रहेको समयमा फेरी तस्कहरु सल्बलाउन  थालेका छन् ।
रिता,सिता,विजय,राजेश,हुसेनी,रामपुकार,रामनरेश,भ्याल्लु,विनोद,कपिलदेव,सुरेश,उमेश,मनिष,प्रकाश र इन्दल लगायतका नाम गरेका तस्करहरुले भन्सार छलीका सामानहरु कपडा,चिनी,मलखाद्य,सुर्ती,राजनिवास,खेलौना, खाने तेल,किरानाका सामानहरु,चुरा तथा रेडबुल लगायतका सामानहरु ल्याउने गरेको पाइएको छ । प्रहरी कार्यालय नजिकैबाट भन्सार छलीका सामानहरु आईरहेको भएपनि प्रहरीको मौनताका कारण भन्सार छलीका सामानहरु ल्याउने तस्करहरुको मनोबल बढेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech