नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुह सर्लाहीद्धारा (एमसीसी)को विरोधमा प्रदर्शन

4.4k Shares

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुहले सर्लाहीको बरहथवामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा प्रदर्शन गरेको छ । नेकपा(विप्लव)समुहका केन्द्रिय सदस्य मिसनको प्रमुख अतिथ्यतामा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता राष्ट्रघाती भएकाले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गर्दै प्रदर्शन भएको हो ।
विरोध प्रदर्शनमा सहभागीहरुले “देश बेच्न पाईदैन एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हन्न गर्न पाईदैन कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रिजेक्ट एमसीसी, नो एमसीसी” लगायतका नारा लगाउँदै बरहथवा नगर परिक्रमा गरेका थिए ।
एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएकाले यसले मुलुकलाई अस्थिरता तर्फ लगि विनाशको बाटोमा पुर्याउने हुँदा कुनै पनि शर्तमा यो सम्झौता लागू गर्न नहुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुहले जनाएको छ ।

कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य मिसनले देश संकटमा रहेको समयमा विभिन्न प्रपञ्च रच्ने रास्ट्रघातिहरुलाई सडकमा ल्याउनु पर्ने बताउनु भयो । उहाँले राष्ट्र र राष्ट्रियताको रक्षाका  लागि सबै नागरिक एमसिसि विरुद्ध आन्दोलनमा आउन अपिल गर्नु भयो । एमसिसिका उपाध्यक्ष फतिमा सुमार एमसिसिको दलालहरुको घरघर,कोठा कोठा घुमि रहनुबाट नै प्रष्ट छ कि एमसिसि राष्ट्रघाती छ । अनुदान भए किन जबर्जस्ति गर्नु पर्यो उहाँले बताउनु भयो ।

सर्लाही सेक्रेटरी कमलले एमसिसि खारेजी गर्नु पर्ने बताउनु भयो । उहाँले एमसिसि जस्ता राष्ट्र बेचेर ल्याइएका अनुदान नेपाललाई नचाहिने बताउनु भयो । ब्युरो इन्चार्ज बिचार मानले केपि शर्मा ओलि र तर्तमान प्रधानमन्त्रीले अमेरिकाकै नागरिकता लिनु वेस रहेको बताउनु भयो । उहाँले नेपालमा बसेर नेपालको राष्ट्रियता बेच्ने छुट कुनै पनि नेपाली नागरिकलाई नभएको  बताउनु भयो ।
 प्रदर्शनमा नेकपा केन्द्रिय सदस्य सर्लाही ,रौतहट जिल्ला इन्चार्ज मिसन,सर्लाही सेक्रेटरी कमल,युवा नेता तथा पुर्व  जिल्ला सेक्रेटरी जनक राउत युवा संगठन नेपाल जनकपुर ब्यूरो इन्चार्ज बिचार मान, अखिल नेपाल ट्रेड युनियन महासंघ जनकपुर ब्यूरो संयोजक बिहानी लगायतका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)विप्लब समुह सर्लाहीका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार