Close This

करिब १२० विघामा मानव निर्मित पोखरी निर्माण हुँदै

रासस    प्रकाशित: २०७७-५-७ गते   ६८५ पटक हेरिएको

जिल्लाको बागमती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डको रुपमा विकासको काम तिब्रगतीमा अगाडी बढाएको छ । नगरपालिकाले  गौरवको आयोजनाको रुपमा पोखरीको निमार्ण सुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो ।
पहिलो चरण अन्तर्गत पोखरीको सम्पुर्ण डिजाईन तयार गरेर पर्खाल लगाउने र सफागर्ने कार्य सम्पन्न भएको नगरपालिका नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । अब दोस्रो र तेस्रो चरण अन्तर्गतको सौन्दर्यकरणको काम सुरु भएको नगर प्रमुख थापाले बताउनु भयो । दिर्धकालिन रुपमा नगरको आयस्तर बढाउनुको साथै नगरमै रोजगारीको सृजना गर्न भन्दै करिब १ सय २० विघा क्षेत्रफलमा मावन निर्माीत पोखरी निर्माण सुरु गरेको हो ।  
नगरपालिका अन्तर्गत वडा नम्बर ४ र १२  स्थित बागमतीको किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत विमल कुमार पोखरेलले बताउनु भयो । उहाँका अनुसार दिर्घकालीन नगरको विकासको रुपमा नगरले पोखरी निर्माण सुरु गरेको हो ।
पोखरी देशकै नमुना बन्नेमा आफु ढुक्क भएको नगर प्रमुख थापाले बताउनु भयो । करिब २ सय  बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै बिशाल  मानव निर्माीत पोखरी बन्ने नगर प्रमुख थापाले बताउनु भयो । 
पोखरीमा माछा पालन सँगै मुख्य रुपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ ।  निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण सुरु गरेको  नगर उप प्रमुख लिला मोक्तानले बताउनु भयो ।
पोखरीमा बोटिङ स्विमिङ, सँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुने छ । पुर्व पश्चिम लोकमार्गबाट मात्र ३ किलोमिटरको दुरीमा रहेको पोखरी अन्य गन्तब्यमा हिडेका पर्यटकका लागि समेत विश्राम स्थलको रुपमा विकास गर्न सकिने नगरको योजना रहेको छ ।

पोखरी निर्माणको अर्को महत्व पुर्ण योजना स्थानीय स्तरमा रोजगारीको बातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउँने भएका छन । नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले  गतिलो रोजगारी पाउँने नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech