लालबन्दी १६ का तीन विद्यालयका ५७ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१८ गते   २९५ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १६ का तीनवटा विद्यालयका दलित, विपन्न विद्यार्थीहरुहरुलाई विद्यालय पोसाक वितरण गरिएको छ । लालबन्दी नगरपालिका १६ को आधारभुत विद्यालय भोर्लेनी,डिम जनता मावि परवानीपुर र माध्यामिक विद्यालय तीनघरेमा अध्यायनरत ५७ जना दलित, विपन्न विद्यार्थीहरुहरुलाई विद्यालय पोसाक वितरण गरिएको लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापाले जानकारी दिनु भयो । 
विद्यालय पोशाक वितरण कार्यक्रममा कृष्ण गौतम, वडा सदस्यहरु भक्तमाया सुनुवार, तिलक ब घलान, नानिमाया बि क लगायतको उपस्थिती रहेको प्रेस सेन्टर नेपाल सर्लाहीका उपा अध्यक्ष राजेश थापाले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech