सर्लाहीमा प्रशासनको निर्देशन बर्खीलाप,खुलेआमा ट्याक्टर र पिकअपमा यात्रा,

3.3k Shares

सर्लाहीको जिल्ला अन्र्तगत पुर्व पश्चीम लोकमार्गमा यतिबेला बोलबमका यात्रीहरुको चाप बढेको छ । नेपाल सरकार तथा स्थानिय सरकारले पनि कोरोना माहामारीको समयमा भएका कारण पनि भिडभाड नगर्न राजनैतिक तथा धार्मिक मेला नलागउन पटक पटक आग्रह गरि रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले पनि भिडभिडा नगर्न भेला सभा सम्मेलन नगर्न आग्रह गरीरहेको भएपनि ट्याक्टर, पिकअपजस्ता सवारी साधनहरुमा बोलबम जानेहरुको भिडभाड भएको देखिन्छ । एक त प्रशासनको आग्रह अटेर गर्दा गाउँघरमा कोरोना महामारी फैलने सम्भावन बढी छ भने अर्काे ट्याक्टर, पिकअप जस्ता सवारी साधनहरुमा यात्रा गर्दा  दुर्घटनाको जोखिम पनि त्यतिकै बढ्ने भन्दै ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनहरुलाई रोकेर यात्रुहरुलाई जनचेतनामुलक जानकारी गराउँदै सवारी साधनहरुलाई फिर्ता पठाउने काम गरि रहेको छ ।


ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरुमा अव्यवस्थित रुपमा आएका यात्रुहरुलाई रोकेर सम्झाई बुझाई गरेको र त्यस्ता सवारी साधनहरुलाई केही समय होल्ड गरी छाड्ने काम गरेको भन्दै तिर्थयात्रामा हिडेका मानिसहरुले आज(आईतबार) केही समय पुर्व पश्चीम लोकमार्ग अन्र्तगत लालबन्दी नगरपालिका १ र २ को नवलपुरमा सडक अवरुद्ध गरेका थिए । आफुहरु तिथएयात्रा हिडेको समयमा ट्राफिक प्रहरीले रोकेको भन्दे यात्रीहरुले विच सडकमै बोलबम भन्दै करिब आधा घण्टा सडक अवरुद्ध गरेका थिए ।


सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ट्याक्टर र अन्य मालबाहक सवारी साधनहरुमा यात्रा गरि रहेका बोलबम यात्रीहरुलाई ट्राफिक प्रहरीले आइतवार बिहानैदेखि जिल्लाका विभिन्न स्थानहरुमाा रोकेर राखेको भएपनि पछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट छाडिदिन निर्देशन आएपछि आफुहरुले त्यस्ता सवारी साधनहरुलाई छाडि दिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक केदारमान दोङ्गले बताउनु भयो । आफु भन्दा माथिल्लो निकायबाट निर्देशन आएपछि मान्नै पर्यो, तै पनि आफुहरुले  रोकेर राखेका सवारी साधनहरुलाई सम्झाइबुझाई गरी पठाएको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार