जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी सहायक हबल्दार राम अयोध्या प्रसाद यादवले जिल्ला प्रहरी कार्यालय सर्लाही चलाउने गरेका पाइएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण धितालको घुमुवाको रुपमा रहेका सहायक हबल्दार यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारु,प्रहरी निरिक्षक ओम प्रकाश यादव,सई अरुण यादव र असई मुन्ना पासवानलाई आर्थिक प्रभावमा पारेर घुमुवा बसी ठुलो रकम असुल्ने र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धिताललाई गुम्राहमा पारेर प्रहरी नायव उपरिक्षक पंजियार थारु,प्रहरी निरिक्षक यादव,सई यादव र असई पासवानलाई आर्थिक प्रभावमा पारेर लुट मच्याएका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
एक प्रहरी अधिकारीहरुका अनुसार सहायक हबल्दार यादवले कमिसन दिने ठुला व्यापारीहरुलाई सहजता प्रदान गरेका र साना व्यापारी तथा घरायसी कामकाजका लागि केही सामान ल्याउँने सर्व साधारण मानिसहरुलाई अनावश्यक दुःख दिने गरेका छन् ।आफुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालको घुमुवा भएको उद्घोष गरेका सहायक हबल्दार यादवले नेपाल प्रहरी मधेश प्रदेश कार्यालय जनकपुरधामका प्रहरी प्रमुख डिआईजी जनकराज भट्टाराईको चोरी तस्करी र भन्सार छली शुन्य पार्ने निर्देशनलाई पाखा लगाएका छन् ।
नेपाल प्रहरी प्रमुख आईजिपी बसन्त बहादुर कुँवर र मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी भट्टराईले तस्करी रोक्न पटक पटक गरेको आदेश लत्याउदै आफु जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालको खास मान्छे भएको भन्दै सहायक हबल्दार यादवले तस्करीको लाईन खुलाएर ठुलो रकम असुल गरिरहेका छन् ।
जसका कारण प्रहरी संगठन नै बद्नाम हुन थालेको छ ।असई पासवानलाई अपराध शाखाको प्रमुख बनाएर सई अरुण यादव र सहायक हबल्दार यादवले मासिक करिब रु २५ लाख कमिसन असुल्ने गरेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।उनका अनुसार प्रहरी नायव उपरिक्षक पंजियार थारु,प्रहरी निरिक्षक यादव,सई यादव र असई पासवानलाई सहायक हबल्दार घुमुवा यादवले किनेका छन् ।
घुमुवा सहायक हवल्दा प्रसाद यादवले मलंगवाका कपडा कारोबारी महतोसँग मासिक रु १ लाख,कपडा कारोबारी हसिन मियासँग मासिक रु ५० हजार,कपडा र हार्डवेयरको कारोबारी जयकिशोर यादवसँग मासिक रु ४० हजार, कपडा कारोबारी बिजय चौधरीसँग मासिक रु १ लाख, कपडा कारोबारी कम्रे आलमसँग मासिक रु ५० हजार,छोहडा र मोटर कारोबारी उमेश राउतसँग मासिक रु ३ लाख, कपडा कारोबारी सरोज यादवसँग मासिक रु १ लाख, कपडा कारोबारी रामवीर महतोसँग मासिक रु १ लाख, कपडा कारोबारी श्याम साहसँग मासिक रु १ लाख, कपडा कारोबारी राजेश महतोसँग रु ५० हजार, कपडा र सुर्ती कारोबारी रोशन यादवसँग मासिक रु १ लाख, कपडा कारोबारी बिजय साहसँग मासिक रु ५० हजार, कपडा,चिनी र तेलको कारकोबारी भाइलोकको समुहसँग मासिक रु ३ लाख,कपडा कारोबारी रामपुकार साहसँग मासिक रु ५० हजार, कपडा कारोबारी उमेश साहसँग मासिक रु ८० हजार कमिसन लिएर लाईन खुलाएका छन् ।
केही दिन पहिला सिमा प्रहरी चौकी संग्रामपुरका प्रमुख असई मनोज यादव कार्तिक १९ गते राती पिकअप भ्यानमा फूलका होलसेल व्यापारी सन्तोष भण्डारीले ल्याएको फूल रोकेर रु ४० हजार घुस लिएको आरोपमा २० गते निलम्बनमा परेपछि एकपछि अर्को गर्दै अरु प्रहरी कर्माचारीहरुको काण्ड बाहिरिन थालेको छ ।
पटक पटक संगठनलाई बदनाम गराउने असई यादव सिमा प्रहरी चौकी संग्रामपुरमा पनि सई पठाउनु पर्ने ठाउँमा राजनैतिक पावर लगाएर प्रमुख भएर गएका थिए । जसरी पनि पैसा चाहियो भन्ने मानसिकता भएका असई यादव कमिसनको लोभमा पर्दा संगठनभित्र मात्र नभएर सामाजिक रूपमा पनि तिरस्कृत भएका छन् ।तथापी पनि उनी एक उद्धाहरण मात्र हुन नेपाल प्रहरी संगठन बद्नाम गाउने पात्रहरु धेरै छन् जसको कारण प्रहरी संगठनप्रति जनमासमा वितृष्णा बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक धितालले प्रहरी संगठन बद्नाम गराउने प्रहरी कर्माचारीहरुलाई कार्वाही गर्नुको साटो बिवादित र बदनाम घुमुवा प्रहरी सहायक हवल्दार यादवलाई संरक्षण दिइरहेका प्रहरी स्रोतको दाबी छ ।जसका कारण घुमुवा सहायक हवल्दार यादवको असुली धन्दा सिमा नाघ्न थालेको एक पीडित व्यवसायी बताउँछन् ।
यति मात्र हैन घुमुवा सहायक हवल्दार यादवले दोहोरो भुमिका खेल्ने गरेको ब्यापारीहरुको गुनासो छ ।तस्कर ब्यापारीसँग एसपी धितालको नाममा ठुलो रकम बुझेर लाईन पनि दिने पैसा पनि लिने र त्यही समान पक्राउ पनि गरेर दोहरो भुमिका खेल्ने गरेको आरोप पनि ब्यापारीहरुले घुमुवा सहायक हवल्दार यादवमाथी लागाएका छन ।
२०७७ जेठमा रौतहटको भन्सार सुरक्षा गार्ड चौकीमा कार्यरत हुँदा डिउटीमा रहेका जवानले समातेको छोहडा घुमुवा सहायक हवल्दार यादव आफैले तस्करको घरमा पुर्याएको कुरा मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिआईजी धिरज प्रताप सिंहको कानमा पुगे पछि तत्कालीन डिआईजी सिंहको निर्देशनमा जिल्ला तानी प्रहरी रेकर्डमा जानिने गरि नसिहत कार्वाही खाएका घुमुवा सहायक हवल्दार यादव बिवादित प्रहरी हुन ।उनले कार्वाही खाएको १ महिना नबित्दै सोर्सफोर्स लगाएर ईलाका प्रहरी कार्यालय गरुडाको घुमुवा भएर बसेर त्यहा पनि अबैध असुली गरि आतंक नै मचाएका थिए ।
बारा घर भएका घुमुवा सहायक हवल्दार यादवले जागिर प्रवेश गरे देखि अहिले सम्म जहाँ गए पनि हाकिमलाई खुशी पारेर चाप्लुसी गरेर होस या शक्तिकेन्द्रमा भनसुन गराएर या टेण्डर हालेर होस घुमुवा बस्न सफल भएका छन् ।घुमुवा बसेर अबैध असुलीबाट धेरै धनसम्पती आर्जन गर्न सफल भएका प्रहरी सहायक हबल्दार यादव असुली धन्धामा माहिर खेलाडीका रुपमा कहलिएका छन् ।कार्बाही पर्ने सम्भावना भएपछि जुन सुकै कसम खानपनि पछि नपर्ने घुमुवा सहायक हबल्दार यादवले जिल्लाका आफु भन्दा धेरै माथिका प्रहरी अधिकारीहरुलाई खरिद गरेका छन् तर उनले आफुले त्यस प्रकारका काम नगरेको बताए ।