सर्लाहीमा आज १० जना कोरोना संक्रमित थपिए,अब सर्लाहीमा संक्रमितको संख्या ७१ पुग्यो,

2.2k Shares

प्रदेश २ मा आज बिहान ६० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ । जसअनुसार रौतहटमा २९ जना, धनुषा २१ जना, सर्लाहीमा १० जना, संक्रमित भएका छन ।रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना,मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ हुन ।
त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका हुन ।त्यसैगरी सर्लाहीमा संक्रमित भएका मध्ये हरीपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टाइनका ३ जना रहेका छन ।

अब जिल्लामा संक्रमितको संख्या ७१ पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।

सम्बन्धित समाचार