सर्लाहीका खोलाको अवैध उत्खनन् नरोके महंगो पर्ने सांसद साहको चेतावनी

3.4k Shares

जनता समाजवादी पार्टी(जसपा)का नेता प्रमोद कुमार साहले सर्लाहीको बाँके फुलजोर,कालीन्जोर लखनदेही र झिम खोलाको दोहनले किनारका बासिन्दा तथा किसानको उब्जाउ भूमि बञ्जर बनाउँदै लगेको र जनताको तटबन्धसमेत धरापमा परेकामा चिन्ता व्यक्त गर्नभयो । 
 सर्लाहीका यी नदीमा क्रसर उद्योग व्यवसायी र ठेकेदारको मिलेमतोमा सरकारको ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ उल्लंघन गरी अनियमित ढङ्गबाट नदीको उत्खनन भइरहेकामा आफ्नो गंभिर ध्यानाकर्षण भएको सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य साहले बताउनुभयो ।
अनियन्त्रित खोलाको दोहनले पानीको स्रोत (पिउने पानी र सिंचाइ) मा समेत दीर्घकालीन असर पार्ने भएकाले सो कार्य तत्कालै रोकी कारवाही अगाडि बढाउन जिल्ला समन्वय समिति सर्लाहीलाई विशेष अनुरोध गरि सकेको उहाँल बताउनु भयो । 
वातावरणिय प्रभाव मुल्यांकन अनुसार नदी दोहन गर्न स्थानिय निकायले ठेक्का लगाएका भएपनि नियमित अनुगमन नहुँदा उराठ लाग्दो तरिकाबाट नदी दोहन भएको उहाँले बताउनुभयो । कमलामाई खबरटडकमसंगको संक्षिप्त कुराकानीमा माननिय साहले सर्लाहीका नदीमा विगतका वर्षहरु झैँ स्थानिय सोझा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था सृजना भएमा स्थानिय सरकार र ठेकेदार कम्पनीलाई त्यो महंगो पर्ने बताउनु भयो । साथैउहाँले नदी दोहनको काम तुरुन्त रोक्न र नरोकेको खण्डमा आफुहरु जुनसुकै कदम पनि चाल्न तयार हुने उहाँले बताउनुभयो । 
साथै जिल्लामा सबै क्रसरहरु गैरकानुनी रुपमा सञ्चालनमा रहेका कारण तिनिहरुको अनुगमन गरि आवश्यक काबाृह िगर्नपनि जिल्ला समन्वय समिति समक्ष सांसद साहले आग्रह गर्नुभयो । 

सम्बन्धित समाचार