जिल्लामा कुखुराको मूल्यमा चर्को बृद्वि भएपछि स्थानिय उपभोक्ता समस्यामा परेका छन। लामो सयम देखिको जारी लकडाउनका कारण दैनिक उपभोग्य अति आवश्यक सामग्रीको चरम अभावबाट गुज्रिरहेका जिल्लाबासीहरु कुखुराको मासुको मूल्यमा अत्याधिक बृद्वि भएपछि थप मर्कामा परेका हुन। लक डाउन भन्दा अघि २ सय ८० देखि ३ सय प्रति किलो बिक्री भएको कुखुराको मासु अहिले ४ सय रुपैँया प्रति किलोमा बिक्री हुन थालेको छ ।
जिल्लामा कुखुरा महंगो भएपनि धनी परिवारका मानिसहरुलाई खासै फरक नपरेपनि गरिब, दलीत तथा अति विपन्न परिवारका मानिसहरु सबैभन्दा बढी प्रभावित भएका छन। जिल्लामा कुखुरा महंगो भएपछि कुखुराको मासु खाने प्रबल ईच्छाको बावजुद पनि कुखुराको मासु किन्न सकिरहेका छैनन्। घरमा बालबालिकाहरु मासु ल्याउन रुवावासी गरेपनि गरिवीका कारण कुखुराको मासु किन्न नसकेको स्थानियवासी विजय रामले बताउनु भयो ।
‘गरिब मजुदुर भएका कारण रोजगारी गुमेर परिवारिक खर्च चलाउन पनि धौधौ पर्ने गरेको’ उनको भनाई छ । बालबालिका सानो भएका कारण आँप र मासु किन्ने जिद्द गरेपनि बालबालिकालाई मासु र आँप किनेर खुवाउने परिवारिक स्थिति नभएको रामले बताएका छन । कुखुरा महंगो भएपछि घरमा दुई किलो मासुको आवश्यकता भएपनि आर्थिक अभावका कारण एक किलो आधा किलो किन्नु परेको स्थानियवासीले गुनासो गरेका छन ।