जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले दुई जना सवारी चालकहरुको सवारी चालक अनुमती पत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालय मलंगवालाई सिफारिस गरेको छ । सवारी जन्य हिंसा अभिलेख प्रणाली (टिभीआरएस)को अभिलेख जाँच गर्दा पाँच पटक भन्दा बढी पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि दुई जना चालकहरुको सवारी चालक अनुमती पत्र खारेजीका लागि यातायात व्यवस्था कार्यालय मलंगवालाई सिफारिस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए।
उनका अनुसार सवारी जन्य हिंसा अभिलेख प्रणाली (टिभीआरएस)को अभिलेख जाँच गर्दा पाँच पटक भन्दा बढी पटक ट्राफिक नियम उल्लंघन गरेको पाइए त्यस्ता चालकहरुको सवारी चालक अनुमती पत्र प्रचलित कानुन बमोजिम निलम्बन हुने भएकाले सोही अनुसार यातायात व्यवस्था कार्यालय मलंगवालाई दुई जना चालकको सवारी चालक अनुमती पत्र पारेजीका लागि सिफारिस गरिएको हो ।
पछिल्लो समय सर्लाही ट्राफिकले सवारी साधनहरु चेकजाँचमा कडाई गरेपछि ट्राफिक नियम विपरितका गतिविधिहरु न्यून हुँदै गएका स्थानीय जानकारहरु बताउँछन्।सवारी साधन चेकजाँचका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साह समेत आफैँ खट्ने गरेका छन् ।

“ट्राफिक भायोलेसन रेकर्ड सिस्टम”पछि बढ्यो कडाइ”
वि.सं २०८० देखि ट्राफिक प्रहरीले “ट्राफिक भायोलेसन रेकर्ड सिस्टम”लागू गरेसँगै उल्लंघनको विवरण डिजिटल रूपमा अभिलेखीकरण हुन थालेको छ।यस प्रणालीले सवारी चालकको विगतको व्यवहार,उल्लंघनको प्रकृति र पुनरावृत्ति सबैलाई ट्र्याक गर्ने व्यवस्था गरेको छ।यसअघि कागजात नियन्त्रणमा लिएपछि चालकले जरिवाना तिरेर सहजै फिर्ता लैजाने प्रचलन थियो।तर नयाँ प्रणाली लागू भएपछि जरिवाना नतिर्ने र बेवास्ता गर्ने प्रवृत्ति स्पष्ट देखिएको छ।“अहिले प्रणालीले सबै विवरण देखाउँछ। कसले कति पटक नियम उल्लंघन ग¥यो भन्ने स्पष्ट हुन्छ।त्यसैले अब कागजपत्र लिन नआउनेलाई थप कारबाही गर्नुपर्छ।”जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक साहले बताए ।