नेकपा(माओवादी केन्द्र)सँग तत्काल पार्टी एकता सम्भव नभएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द“विप्लव”ले बताए।केही दिन खुमलटारमा पूर्वप्रधानमन्त्री तथा माओवादी केद्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेट गरेपछि तत्काल एकताको सम्भावना नरहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द“विप्लव”ले निष्कर्ष निकालेका हुन ।
समाजवादी मोर्चाको बैठक,पार्टी एकता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)असार ७ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेका थिए।भेटका क्रममा दुई शीर्ष नेताबिच पार्टी एकतामा भएको ढिलाइ र माओवादी केन्द्रबिच भएको अन्तरविरोध लगायत विषयमा छलफल भएको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बताए ।
“माओवादी केन्द्रसँगको एकता सैद्धान्तिक रूपमा सम्भव छ।नीतिगत र व्यावहारिक रूपमा समाप्त भइसकेको छ।माओवादी केन्द्र कै कारण एकता टरेको हो।हामीले त केन्द्रीय समिति बैठकबाट एकता गर्ने निर्णय गरेका थियौँ।”नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बताए ।“माओवादी केन्द्र भित्रको अन्तरविरोध र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अनिच्छाका कारण सम्भव माओवादी केन्द्रसंग पार्टी एकता सम्भव भएन।अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुने छ।”नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बताए ।
यद्यपि पार्टी एकता नहुने निर्णयमा आफूहरू नपुग्ने तर नेपाल कम्युनिष्ट पार्टी नयाँ फोर्स भएकाले आफ्नै ढङ्गले अगाडि बढ्ने नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले बताए । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले अब पार्टी एकताको सम्भावना नरहेकाले मोर्चा बनाएर नै अगाडि बढौँ भनेर कुरा राखेका प्रवक्ता प्रकाण्डले बताए ।उनका अनुसार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले माओवादी केन्द्र भित्रको अन्तर विरोधबारे पनि चासो व्यक्त गरे ।जवाफमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हतारमा एकता गरेर पछुताउनु भन्दा मोर्चाबन्दी गरेरै अगाडि बढौँ,तपाईंको कुरा सकारात्मक छ भने,
२०७९ सालको निर्वाचनकै सेरोफेरो माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबिच एकताको गृहकार्य चलेको थियो।नेपाल कम्युनिष्ट पार्टीसँग एकताका लागि माओवादी केन्द्रका उपाध्यक्ष तथा वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले विशेष पहल गरेका थिए।महराकै पहलमा माओवादी केन्द्रसँग एकता गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सकारात्मक देखिएका थिए।एकताकै विषयमा थुप्रै चरणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवबिच छलफल चल्यो।दुवै नेताले आ–आफ्ना पार्टी बैठकमा समेत यसबारे छलफल चलाएका थिए ।
दुई पार्टीका शीर्ष नेताहरूको छलफलको आधारमा २०८१ वैशाख १८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको थियो ।सो निर्णय भएको नौ महिनासम्म पनि एकताका लागि माओवादी केन्द्रबाट कुनै चासो नदिएपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भूमिकाप्रति असन्तुष्टि पोखेका थिए ।
गत वर्ष पुस २ गते सम्पन्न केन्द्रीय समिति बैठकमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले सबै वापमन्थी एकता,सहकार्य र ध्र्रुविकरणका लागि इमानदारितापूर्वक माओवादी केन्द्रसँग एकताको पहल गरेको तर एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै तयार नभएकाले ढिलाइ भएको राजनीतिक दस्ताबेजमा उल्लेख गरेका थिए।आफ्नो सदाशयतालाई कमजोरीका रूपमा बुझेकाले अब एकताको लागि पार्टीले पहल नगर्ने जानकारी उनले बैठकमा गराएका थिए ।
माओवादी मेनद्र भित्र अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा(प्रभाकर)बिच देखिएको वैचारिक,सैद्धान्तिक अन्तरविरोध र गुटगत स्वार्थका कारण समेत एकताको बाधक भएको नेपाल कम्युनिष्ट पार्टीको निष्कर्ष छ ।यता,माओवादी केन्द्रका नेताहरूले नेपाल कम्युनिष्ट पार्टीका नेताहरूको आरोपलाई खण्डित हुने गरी वामपन्थी दलहरूसँग एकता,सहकार्य र ध्रुवीकरणको प्रयास जारी रहेको जिकिर गरेका छन् । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले विचार मिल्ने वामपन्थी तथा समाजवादी दलहरूसँग एकताको पहल भइरहेको बताए ।पार्टीको महाधिवेशन र पार्टी एकता तथा एकता प्रक्रियामा जोडिएका नेताहरूको उचित जिम्मेवारी दिने लगायत विषयमा आगामी केन्द्रीय समिति बैठकले निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीसहित नेकपा(एकीकृत समाजवादी)सँग एकताका लागि पहल भइरहेको सार्वजनिक रूपमा दाबी गर्दै आएका छन् । जेठ १२ गते नेपाल समाजवादी पार्टी(नेसपा) गंगानारायण श्रेष्ठ समूहसँगको एकता समारोहमा उनले पार्टी एकताको विषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि छलफल भइरहेको दाबी गरेका थिए ।
२०८१ मंसिर २८ गते बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले विगतमा एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन–जुन स्तरमा कार्यरत थियो, सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको निर्णय गरेको थियो ।आगामी महिनामा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी दुवैको केन्द्रीय समिति बैठक राख्ने तयारी छ। नेपाल कम्युनिष्ट पार्टीको यसअघिको केन्द्रीय समिति बैठकले विचार संश्लेषणका लागि छ महिनाभित्र विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो।