इश्वरपुर ६ बयलवासमा बेवारिसे पेस्तोल फेला,अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई

गणेश खड्का    प्रकाशित: २०८०-६-१ गते   ४०३ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिका ६ स्थित बयलबास बजारबाट बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा पेस्तोल बरामद् भएको प्रहरीले जनाएको छ । ईश्वरपुर नगरपालिका ६ बयलबास बजारस्थित सडकमा बेवारिसे अवस्थामा गोली लोड गरिएको कटुवा पेस्तोल बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार सडकमा ईश्वरपुर नगरपालिका ६ बयलबास बजारस्थित सडकमा बेवारिसे अवस्थामा पेस्तोलजस्तो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीले जानकारी पाए लगतै घटनास्थलमा पुगी  वेवारिसे वस्तु बरामद् गरी अनुसन्धान गर्दा गोली पनि लोड भएको अवस्थामा कटुवा पेस्तोल प्रमाणित भएको प्रहरी उपरीक्षक सुवेदीले बताए । लोड गरिएको कटुवा पेस्तोल कुनै अपराधिक व्यक्तिले घटना घटाउने उद्देश्य बनाएर ल्याएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बरामद् भएको बेवारिसे कटुवा पेस्तोलको विषयमा थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech