सिन्धुलीको गोलन्जोर गाउँपालिकाले मंगलवार स्थानिय सार्वजनिक विदा दिने भएको छ।गोलन्जोर गाउँपालिकाले मंसिर २३,२४ र २५ गते तीन दिन आयोजना गरेको जुनार प्रबद्र्धन मेला भव्य र सभ्य रुपमा सफल बनाउन मंगलवार सार्वजनिक विदा दिएको हो ।जुनार प्रवद्र्धन मेलाको उद्घाटन हुने भएकाले मंगलवार सार्वजनिक विदा दिईएको गाउँपालिकाले एक सुचना निकालेर जनाएको छ ।
सोमबार बसेको गोलन्जोर गाउँपालिका/गाउँ कार्यपालिकाको बैठकले मंगलवार गाउँपालिकाको कार्यालय,वडा कार्यालयहरु,स्वास्थ्य संस्था,शिक्षा संस्था र वित्तिय संस्थाहरुमा स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी सरद प्याकुरेलले जानकारी दिए ।उनका अनुसार जुनार र जुनार फल्ने ठाउँलाई देश विदेशमा चिनाउने उदेश्यले गोलन्जोर गाउँपालिका ४ माझकुभिण्डेमा गोलन्जोर गाउँपालिकाले जुनार प्रवद्र्धन गर्न तीन दिन सम्म मेलाको आयोजना गरेको हो ।
यता,गोलन्जोर गाउँपालिकाले “जुनार प्रवद्र्धन मेला”आयोजना गरेको भएपनि जुनार कृषकका वर्षौंदेखिका पीडा सुन्नेतर्फ सरोकारवाला उदासीन देखिएको किसानहरूको गुनासो छ।कार्यक्रम गर्ने भन्दै बजेट,ब्यानर र भाषणले गाउँपालिका रङ्गीएको भएपनि आफुहरुका पीडा जस्ताको त्यस्तै रहेको किसानहरुको गुनासो छ ।