समाचार प्रभाव : लालबन्दीले रोक्यो कालिन्जोर र फुलजोर नदी दोहन

149 Shares

सर्लाहीको लालबन्दी नगरपालिकाले ठेक्का लगाएको नदी दोहनको समाचार प्रकाशन भएपछि समाचारको प्रभावले नदी दोहनको काम रोकिएको छ।कालिन्जोर र फुलजोर खोला उत्खनन्को ठेक्का लगाएको लालबन्दी नगरपालिकाले अन्तत नदी दोहनको काम रोक्न ठेकेदार कम्पनीलाई लालबन्दी नगरपालिकाले पत्राचार गरेको छ ।लालबन्दी नगरपालिकाले कालिन्जोर खोला २० हजार छ सय ७५ घनमिटर उत्खन्न गर्न भन्दै साह ग्रुप अफ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि,बरहथवालाई रु ३९ लाख ७८ हजार सात सय ३० रुपैँयामा र फुलजोर खोला आठ हजार सात सय ५७ घनमिटर उत्खनन् गर्न भन्दै बाँके ठाकुर निर्माण सेवा प्रा.लि.,ईश्वरपुरलाई १६ लाख ९५ हजारमा ठेक्का लगाएको थियो ।
वर्तमान व्यावस्था अनुसार नदी जन्य पदार्थको उत्खनन् संकलन तथा बिक्रि वितरणको ठेक्का स्थानीय तहले लगाउने व्यावस्था भएपनि मापदण्डको पुर्ण रुपमा पालना गराउने काममा स्थानीय तहहरु चुकेका साथै राजश्व संकलनको काममा मात्रै स्थानीय तहहरु लागेका कारण अवैध नदी दोहन भएको भन्दै पटक पटक विभिन्न सञ्चार माध्यामहरुले समाचार प्रकाशन गरेपछि लालबन्दी नगरपालिका बाध्य भएर अन्तत नदी दोहन रोक्न ठेकेदार कम्पनीहरुलाई पत्राचार गरेको हो ।
“ढुङ,गिट्टी,बालुवा उत्खनन् तथा व्यावस्थापन सम्बन्धी मापदण्ड २०७७”एवम प्रचलित ऐन तथा नीयमको प्रक्रिया पुरा नगरी स्थानीय तहहरुले राजश्व संकलनलाई प्राथमिकता दिएर लगाइएको नदी दोहनको ठेक्काको काम केही पहिला नै रोकेको लालबन्दी नगरपालिकाले सम्झौता अनुसार नै उत्खनन् भएको र स्थलगत  अनुगमन तथा निरिक्षण गर्दा सम्झौता अनुसारको नदिजन्य पर्दाथ उत्खनन् भएको प्रतिवेदन पेश हुँदा सम्झौता अनुसार परिमाण उत्खनन् भई सकेको पाइउको भन्दै अब नदी जन्य पदार्थ निकासी पैठारी रोक्न भन्दै नगरपालिकाले पत्राचार गरेको छ,तर सम्झौता र मापदण्ड अनुसार नै नदी दोहन भएको थियो भने सञ्चार माध्यामहरुमा समाचार प्रकाशन भएपछि नदी दोहन किन रोकियो।पछि पत्राचार गरियो भन्ने प्रश्न लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुका साथै प्रतिवेदकहरुमाथि उठेको स्थानीय जानकारहरु बताउँछन् ।
जिल्ला समन्वयन समिति सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही,डिभिजन वन कार्यालय,लालबन्दी,सर्लाही सहित साह ग्रुप अफ कन्ट्रक्सन एण्ड कन्सल्टेसी प्रा.ली बरथहवा नगरपालिका ६ र बाँके ठाकुर निर्माण सेवा ब्रहम्पुरी गाउँपालिका ५ लाई बोधार्थ सहित लेखिएको लालबन्दी नगरपालिकाको पत्रमा नगरकार्यपालिकाको जेठ २४ गतेको निर्णय अनुसार अब उप्रान्त खोलामा ट्याक्टर,टिपर,जे.सि.वी तथा अन्य कुनै साधनहरुबाट नदी जन्य यदार्थको उत्खनन् गरेको पाईएमा आवश्यक कार्वाही गर्न अनुरोध समेत गरिएको छ ।

सम्बन्धित समाचार