नेपालको संविधानमा व्यवस्था गरिएका समावेशिता र विविधताको विषयलाई प्रबद्र्धन गर्न सुरुमा पाठ्यपुस्तक अडिटबाट गर्नुपर्नेमा विज्ञले सुझाब दिएका छन् ।नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा समावेशिता र विविधताको विषयलाई जोडदार उठान गरेर यसको व्यवहारिक प्रयोगमा ल्याउन ध्यनन दिनुपर्ने कार्यक्रममा सहभागी विज्ञहरुले सुझाब दिएका हुन ।
नीति विश्लेषक तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास नामक संस्थाका प्रमुख होमराज आचार्यले पत्रकार सम्मेलनमा विविधता र समावेशीताको सुरुवात नेपाल पाठ्य पुस्तक ‘अडिट’बाट गर्नुपर्ने धारणा राखेका हुन । यसको लागि तल्लो तलका कक्षाहरुमा पढाइ हुने पाठ्यक्रम समय सान्दर्भीक र व्यवहारिक बनाउन आवश्यक देखिएको उनलेबताए ।
आचार्यले पाठ्यपुस्तकमा समावेशिताको विषयलाई पनि झाराटार्ने गरी प्रस्तुत गरिएको टिप्पणी समेत गरे । उनले संविधानले समावेशीता र विविधतालाई निर्दिष्ट गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
‘हामीकहाँ शिक्षामा चेतनाको कमी छ,मानव अधिकार,समावेशीता र व्यवहारिक विषयमा पाठ्यसामग्रीमा पुग्दो सूचना जानकारी समेटिएको छैन,’उनले भने,‘समावेशिता र विविधता बिना समाज समुन्नत बन्न सक्दैन । समाजमा जातीय विभेदको व्यवहारीक अन्त्यका लागि पनि सुरुवात पाठ्य पुस्तकबाटै गर्नुपर्छ । उनले भने ।
यसका साथै नीति निर्माण तहमा नागरिकको सहभागिता बढाउन र पाठ्यपुस्तकमा उनीहरूका मुद्दा समेट्नका लागि मानव अधिकार आयोग,स्थानीय सरकार र घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाको समन्वयमा नागरिक शिखर सम्मलेनको तयारी पनि गरिएको छ ।
यसले नीति निर्माण तहमा नागरिकको पहुँच पुग्ने र योजना निर्माणमा उनीहरूका एजेन्डा समेट्न प्रभावकारी भुमिका खेल्ने उनले बताए । घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्थाले नागरिक सम्मेलनको लागि प्रभावकारी भूमिका खेल्ने छ ।
लामो समय अमेरिकाका विकास र नीति निर्माण तहका बसेर काम गरेका आचार्यले अमेरिकाको वासिङटन डिसीमा रहेको वासिङटन डिसी महानगरमा नीति विश्लेषकको रुपमा काम गरेका थिए । एक दशक अमेरिकामा नीति निर्माणमै बसेर अनुभव बटुलेका उनी नेपालमा पनि नीति निर्माण तहमा समावेशिता,विविधता र पाठ्यपुस्तकका विषयलाई सहयोग पु¥याउन लागि परेका छन् । यसअघि इटाभट्टा, होटल, सार्वजनिक यातायातमा बाल श्रमिकको प्रयोग बढेको भन्दै उनले त्यसलाई रोक्न सरकारलाई दबाब समेत दिएका थिए । त्यस्तै जातीय विभेदको व्यवहारिक अन्त्यका लागि उनले चार वर्ष अघि मेची महाकांली पदयात्रा समेत गरेका थिए । समाजमा समावेशीता ल्याउन र नीति निर्माण तहमा सबैको समान पहुँच पु¥याउनको लागि पाठ्यपुस्तक र नागरिक शिखर सम्मलेनजस्ता माध्यमबाट सुरुवात गर्नुपर्ने आचार्यको भनाई छ ।