नेकपा(माओवादी केन्द्र) का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारका गलत कदमका विरुद्ध सदन र सडक दुबै मोर्चाबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।माओवादी केन्द्र बागमती,उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षको खबरदारीलाई सामान्य रुपमा लिए सरकारले नसोचेको मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिए ।
आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई अहिले गठबन्धन सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले आफूलाई सच्याउन नेपाली कांग्रेस र नेकपा(एमाले)को सरकारलाई आग्रह गरे।“नत्र संसद र सडकमा तपाइहरुले त्यो प्रतिरोध देख्नुपर्नेछ,जसको तपाइँहरुले कल्पना गर्नुभएको छैन।यो त सामान्य सहभागीता हो।देशभरबाट नेता कार्यकर्ताहरु र आम जनता काठमाण्डौँ आएभने तपाईहरुलाई सक्ताबाट घिसारेर सडकमा ल्याउछन्।त्यो अवस्था आउन नदिनुस ।”माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने,
“बाढी पहिरो र विपत्तिमा नदेखिने सरकार दल विभाजन गर्ने अध्यादेश ल्याउन,उपसभामुख हटाउन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउन तल्लीन देखिन्छ,यो हर्कत सरकारका लागि महंगो पर्ने छ।” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले खबरदारी सभालाई सम्बोधन गर्दैभने,
यो देश कांग्रेस,एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने कसैलाई लागेको भए तिनले त्यो भन्दा माथि जनता छन् जनताको अदालत छ भन्ने बिर्सेको उनको टिप्पणी छ।“जे गरे पनि हुन्छ भन्ने लाग्छ,जवाफ दिनुपर्दैन।अहिले हआमीले जवाफ मागगरि रहेका छौँ भोली जनताले जवाफ माग्दा तपाईहरुको हालत केहुन्छ ?माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकारलाई प्रश्न गर्दै भने,
“संसदको रोष्टममा भद्र तरिकाले जवाफ मागिन्छ,धेरै अभद्र भयौ भने सडकमै घिसारेर भए पनि जवाफ मागिनेछ ।तपाईहरुले गरेका हरेक कामको एक एक जवाफ चाहिन्छ।”उनले थपे
“अहिलेको भ्रष्टहरुको गठबन्धन सरकारलेसय दिनमा ७० नम्बर ल्याएको भनेको छ ।कुनै काम नैनगरी भ्रष्टाचार गरेर सय दिनमा ७० नम्बर ल्यायो भने अरु दिनमा कति नम्बर ल्याउँला?मैले निरन्तर भन्दै आएको छु ः संसदको पहिलो दल कांग्रेस र दोस्रो दल एमालेलाई विश्वास, आदर्श र राजनीतिक उद्देश्यले जोडेको होइन,सुशासनको डरले जोडेको हो ।पहिले एक्लै पार्टीको दुई तिहाई भएको बेलामा संसद भंग गरेर प्रतिगमन गर्ने नेताले अहिले कांग्रेसको बैशाखी टेकेर दुई तिहाईको घमण्ड गर्नुको कुनै अर्थ र औचित्य हुँदैन् ।” माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने,
“नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरु कहाँ पुगे भनेर सरकारलाई प्रश्न गरे।उनले नक्कली भूटानी शरणार्थी,बाँसबारी,गिरिबन्धु,बालमन्दिर लगायतका काण्ड कहाँ पुगे भनेर प्रश्न गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन,मिलाउन बनेको हो ।”बताए ।
उनले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।
उनले सरकारले बाढी पहिरोको क्रममा चरम लापर्वाही गरेको उल्लेख गर्दै उद्धारमा जस्तै राहत र पुर्नस्थापनामा लापर्वाही नगरोस् भनेर खबदारी गरे।यो सरकार सुशासनका विरुद्ध बनेको,आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर दलालको घरघरमा गएर रातको १२ बजे बनेको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले सय दिन पुग्दा नपुग्दै आफूहरुले गरेको आशंका सरकार आफैले पुष्टि गरेको बताए ।
आफूहरुले खबरदारी आयोजना गर्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उल्लेख गर्दै उनले भने “हामीले सरकार ढाल्न खबरदारी सभा गरेका होइनौं,बरु सरकार ढल्छ भनेर थप बेथिति र भ्रष्टाचारमा नजानुहोला भनेर खबरदारी गर्न मात्रै यो सभा गरिएको हो।”माओवादी केन्द्रलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै उनीहरुले बरु आफूहरुले दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए ।
भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादी केन्द्र पनि के के हो ? भन्ने जनतालाई परेको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले सरकार ढालेर आफूहरुलाई सच्चिन मौका दिएकोमा कांग्रेस एमालेलाई धन्यवाद दिए।अब आफूहरुलाई जनतामा फर्कने अवसर प्राप्त भएको उल्लेख गर्दै उनले जनताको पूर्ण मुक्ति नहुँदासम्म लडिरहने बताए।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेकर्ड बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताए।उनले सुशासन,सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड भएको बताए ।
अहिले देशका दलाल,भ्रष्ट र बिचौलियाहरुलाई माओवादी पार्टी र त्यसको नेतृत्व प्रचण्डले ठूलो त्रासको रुपमा देखिन थालेको र जनतालाई फेरि एकपटक माओवादी केन्द्रलाई नै बलियो बनाउनुपर्छ भन्ने चिन्ता देखिएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन गरेर नभई एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताए।उनले विगतमा कांग्रेस,एमाले जस्ता बेइमान दलसँग मिल्नु गल्ती भएकाले अब त्यसलाई सच्याउन चाहेको बताए ।
उनले माओवादी घटकहरुको एकता र आफ्नो पार्टीको सुदृढीकरणबाट एक्लै चुनाव लडेर २०६४ को अवस्थामा पुग्न सकिने बताए।माओवादीकै नेतृत्वमा“ग्रीन रेभ्युलेसन”उल्लेख गर्दै उनले भने,“जब माओवादी जनतातर्फ फर्कने छ,जनताले माओवादीलाई विगतको गल्तीको माफी दिंदै साथ दिने छन्।”
“अब आफूहरुले जनता छोरा छोरीलाई बन्दुक होइन,उत्पादनको औजार बाँडेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने बताए।उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरुलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचार विरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए।आफू उमेरले ७० वर्ष भए पनि अझै एउटा क्रान्तिको नेतृत्व गर्ने चाहना रहेको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने आरोपको खण्डन समेत गरे।उनले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए । “कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्,बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन ? माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने,
“जसले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भेटेको भन्नु सही होला ?”भन्दै प्रश्न गे ।माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले सहकारी ठगी प्रकरणमा दोषी देखिएका कांग्रेस एमालेका नेताहरुलाई अनुसन्धानमा नल्याएकोमा बिरोध गरे।उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरुलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।
आफू प्रधानमन्त्री हुँदा गल्ती गर्नेको सूचिमा प्रचण्ड भेटिए पनि पक्राउ गर् भनेर राज्य संयन्त्रलाई निर्देशन दिएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले भने,“हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस,निर्दोष कोही पनि नपरोस् ।”कतिपयले अहिलेको खबरदारी सभालाई लामिछानेलाई बचाउने सभाको रुपमा गलत ब्याख्या गरेको उल्लेख गर्दै उनले दोषी सबै सजायको भागिदार हुनुपर्ने तर सरकारले सत्तापक्षीय नेतालाई बचाउने र प्रतिपक्षीलाई कारवाही गर्ने प्रवृत्ति सुरु गरेको भन्दै विरोध गरेको बताए ।