फरार तीन अभियुक्त पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-१ गते   ५८७ पटक हेरिएको

कर्तव्य गरी मारी आधा शरिर जलाएर भागेका अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको पुस २३ गते स्थानिय सावित्री कुमारी महराको शव उखू खेतमा आधा जलेको अवस्थामा फेला परेपछि  अनुसन्धान थालेको सर्लाही प्रहरीले घटनामा संग्लग्नहरु हरिवन नगरपालिका १० ताईवान टोलका अन्दाजी वर्ष २७ का सन्तोष साह,सोही ठाउँ बस्ने अन्दाजी वर्ष  २७ कै मुकेश ब्लोन सोही ठाउँ बस्ने अन्दाजी वर्ष २२ का रोहित हजरा पक्राउ परेका हुन

बरहथवा नगरपालिका १० कटानी टोल बस्ने अन्दाजी वर्ष ३२ की सावित्री कुमारी महरा पुस  १७ गते विरगंज औषधी गराउन जान्छु भनि घरबाट निस्केकी घर नफर्किएपछि उनको खोजी गर्दै जाँदा पुस २३ गते बरहथवा नगरपालिका १० स्थित राम छविला साहको उखू खेत महराको शव फेला परेको थियो महरालाई कर्तव्य गरी मारी निजको आधा शरिर जलाएको अवस्थामा मृत लाश फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको । उनिहरु विच जग्गा लेनदेन लगायतका गतिविधिहरु भएका सो क्रममा पटक पटक शारीरिक सम्पर्क समेत भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको

प्रहरीका अनुसार अभियुक्त साह मृतक महिला / महिना पहिला जग्गा खरिद गर्ने भनी जग्गा हेर्ने क्रममा मृतक महिलाको बुबा मार्फत बिदेशमा रहेको मृतकको श्रीमानसंग चिनजान भई सके पश्चात मृतकको श्रीमान मार्फत चिनजान भएको,जग्गा खरिद गर्न रु.दुई लाख समेत मृतकले अभियुक्त साहलाई बैना दिए पश्चाय मृतक महरा साह बिच पटक पटक सम्पर्क भई निजहरु एक अर्काको समिप भई सकेका, बिगत केही दिन देखी मृतक महराले अभियुक्त साहलाईसंगै लिएर भाग्न भनी दवाव दिदै आएको,अभियुक्त साह विवाहित भएका कारण बुबा समेत भरखरै स्वर्गवास भएको तथा मृतक महिलाले सँगै बस्ने दवाव दिएकोले उक्त समस्यालाई सामाधान गर्न निज महिला महरालाई मार्ने योजना बनाएको,उक्त योजनामा अभियुक्त साहले आफ्नै गाउँको साथीहरु ब्लोन हजरा आर्थिक प्रलोभन देखाई हत्याको योजना बनाएको, साथै महिला महरालाई लिन आउछु तिमी तयारी बस्नु भनी साहले फोन गरी पुस १७ गते भनेको उनको घरमा गई महरालाई घरैबाट लिएर आएको प्रहरीकोअनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो प्रहरीले अभियुक्तहरुले प्रयोग गर्ने ना ४५ ५२०७ नम्बरको मोटरसाईकल समेत बरामत गरेको जनाएको

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech