Close This

सर्लाहीका अधिकांश स्थानिय निकाय धमाधम बन्द

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३ गते   २५७ पटक हेरिएको

कोरोना भाईरस-कोभिड–१९_का संक्रमण समुदाय स्तरमा नै फैलिन थालेपछि जिल्लाका अधिकांश स्थानिय निकायहरु धमाधम बन्द हुन थालेका छन ।
स्थानिय निकायहरुले आफ्नो स्थानिय निकाय भित्र अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु बन्द गर्नेगरी लक डाउनको घोषणा गर्न थालको छन । एक हप्तादेखि १५ दिन सम्मको लागि पूर्ण रुपमा लक डाउन घोषणा गर्न थालको छन  ।हरिपुर नगरपालिकाले पनि १५ दिनका लागि लक डाउनको घोषणा गरेको छ । नगरका अति आवश्यक बाहेकका सबै सेवाहरु बन्द गरी लक डाउन गरिएको नगर प्रमुख जमरुदिन मन्सुरले बताउनु भयो ।
जिल्लाका स्थानिय निकाहरुले आफ्नो स्थानिय निकाय क्षेत्रभित्र थप संक्रमण फैलिन नदिन अतिआवश्यक बाहेकका अन्य सबै प्रकारका पसलहरु,दैनिक तथा सप्ताहिक रुपमा लाग्ने हाट बजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, विमा कम्पनीका शाखा तथा उपशाखा कार्यलयहरु, सबै प्रकारका उधोग तथा कलकारखानाहरु, अत्यावश्यक बाहेक सरकारी तथा गैरसरकारी संघ संस्थाहरु र कार्यालयहरुबाट उपलब्ध हुने सबै सेवाहरु बन्द गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ। लालबन्दी,हरिवन,हरिपुर,कविलासी,गोडैता, मलंगवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले पनि अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech