Close This

साविक विजेता पिप्लेलाई राजर्षि जनक कपकाे उपाधि,मछिन्द्र उप विजेता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१३ गते   १९०३ पटक हेरिएको

सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि मछिन्द्र फुटबल क्लब काठमाडाैं र पिप्ले युवा क्लब हेटाैंडा बीच आईतबार भएको फाईनल खेलमा  मछिन्द्र फुटबल क्लब पिप्ले युवा क्लब संग ४-३ गाेल अन्तरले पराजित भएको  छ । निर्धारित समयमा कुनै गाेल नभए पछि खेललाई ट्राईबेकरमा लगिएको थियाे । ट्राईबेकरमा पिप्ले युवा क्लबले मछिन्द्र फुटबल क्लबलाई ४-३गाेल अन्तरले पराजित गरेकाे हाे ।
प्रतियाेगिता समापन समाराेह आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीकाे अध्यक्षता एवम अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । चैत २ गतेबाट सुरु भएको प्रतियोगिता  मा आयाेजक बागमती युवा क्लब,एक विदेशी टिम सहित १२ वटा टिमकाे सहभागीता रहेकाे थियाे ।
फाईनल खेलमा पिप्ले युवा क्लबले मछिन्द्र फुटबल क्लबलाई ४-३ गाेलअन्तरले पराजित गरेकाे हाे । भने उसले रु १० लाख १ हजार र उप विजेतामा चित्त बुझाएको मछिन्द्र फुटबल क्लबले रु ५ लाख ५ सय नगद पुरस्कार प्राप्त गरेका आयाेजक बागमती युवा क्लबका  महासचिव सागर मैनालीले जानकारी दिनुभयाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech