सर्लाही ट्राफिकद्धारा करिब साँढे दुई करोड राजश्व संकलन

821 Shares

सर्लाही ट्राफिकद्धारा आर्थिक वर्ष २०७९/०८० मा करिब रु अढाई करोड राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७९/०८० मा रु दुई करोड ४६ लाख ७० हजार पाँच सय राजश्व संकलन गरेको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारबाही गरी आर्थिक वर्ष २०७९/०८० को साउन देखि असार सम्ममा रु रु दुई करोड ४६ लाख ७० हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनमा दुई हजार चार सय ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १९ लाख ३२ हजार पाँच सय,भदौमा दुई हजार तीन सय ५० वटा कसरी साधनहरुलाई कार्बाही गर्दा रु १८ लाख ४९ हजार, असोजमा दुई हजार दुई सय वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १६ लाख छ हजार,कार्तिकमा दुई हजार ५० वटा सवारी साधनहरुलाई कार्बाही गर्दा रु १८ लाख ४२ हजार,मंसिरमा दुई हजार चार सय सवारीसाधनहरुबाट रु १७ लाख ९८ हजार, पुषमा तीन हजार सवारीसाधनहरुबाट रु २१ लाख ४४ हजार पाँच सय,माघमा दुई हजार पाँच सय सवारी साधनहरुबाट  १७ लाख ७८ हजार पाँच सय,फागुनमा दुई हजार आठ सय ५० सवारी साधनहरुबाट रु १९ लाख ७५ हजार पाँचसय,चैत्रमा दुई हजार आठ सय ५० सवारी साधनहरुबाट रु २० लाख २२ हजार पाँच सय,बैशाखमा दुई हजार नौ सय ५० वटा सवारी साधनहरुबाट रु २० लाख ६३ हजार पाँच सय,जेठमा तीन सय तीन सय वटा सवारी साधनहरुबाट रु २३ लाख ४६ हजार र असारमा चार हजार पाँच सय वटा सवारी साधनहरुबाट रु ३३ लाख १२ हजार पाँच सय राजश्व संकलन भएको हो ।
आर्थिक वर्ष २०७९/०८० मा ३४ हजार सवारी साधनहरुलाई कार्बाही गर्दा रु दुई करोड ४६ लाख ७० हजार पाँच सय राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयमा अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनमा ८१  वटा सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु,भदौमा ५२ वटा सवारी साधनहरुको दुर्घटना हुँदा तीन जनाको मृत्यु,असोजमा ८२ वटा सवारी साधनहरु दुर्घटनामा पर्दा पाँच जनाको मृत्यु भएको,कार्तिकमा एक सय २१ वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मंसिरमा ६७ वटा सवारी साधनहरु दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । पुषमा ५४ वटा सवारी साधनहरु दुर्घटना हुँदा चार जनाको मुत्यु भएको,माघमा ७१ वटा सवारी साधन दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो । फागुनमा ९३ वटा सवारी साधनहरु दुर्घटना हुँदा छ,चैत्रमा ५७ वटा सावरी साधनहरु दुर्घटना हुँदा दुई जनाको र बैशाखमा ६३ वटा सवारी साधनहरुको दुर्घटना हुँदा चार जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरिक्षक मैनालीले बताए ।
भने जेठमा ७८ वटा सवारी साधनहरुको दुर्घटना हुँदा ११ जना र असारमा ८३ वटा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको हो । आर्थिक वर्ष २०७/०८० को साउनदेखि असार सम्मको अवधिमा नौ सय दुई वटा सवारी साधनहरु दुर्घटना हुँदा ६७ जनाको ज्यान गएको छ ।
ट्राफिक प्रहरीले जिल्लामा सवारी व्यावस्थापनमा निकै चासो देखाउँदै तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरु समेत थप गरेको छ  । जिल्लाको पुर्व पश्चीम हुलाकी सहड अन्र्तगत गोडैता,पर्सा र नवलपुर मलंगवा सडक खण्ड अन्र्तगत कविलासीमा गरी तीन स्थानमा अस्थायी ट्राफिक प्रहरी पोष्टहरु गरिएको कार्यालयले जनाएको छ ।
भारतिय नम्बरका सवारी साधनको हालीमुहाली रहेको सर्लाहीमा पछिल्लो समयमा त्यस्ता सवारी साधनहरुमाथी ट्राफिक प्रहरी र जिल्लाको प्रशासन संयन्त्र निर्मम भएर लागेको छ । जसका कारण अहिले जिल्लामा हुने दुर्घटनामा समेत कमि आएको छ ।

सम्बन्धित समाचार