मधेश प्रदेशमा सुरक्षाकर्मीहरु र भन्सारका कर्माचारीहरु कै सहयोगमा भन्सार छली र तस्करी

1000 Shares

शंखर पहाडी(गौरब)
छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण मधेश प्रदेशका जिल्लाहरुका नाकाहरुबाट तस्करी तथा भन्सार छलीको ठुलो मात्रामा सामानहरु ओसार पसार हुने गरेको पाइएको छ ।
मधेश प्रदेशको पुर्वमा सप्तरी देखि पश्चीममा पर्सा सम्मको सिमाना खुल्ला रहेका कारण तस्करहरुले सहजै रुपमा भन्सार छलीको ठुलो मात्रामा सामानहरु ओसार पसार गर्ने गरेका पाइएको हो । मधेश प्रदेशका सिमानामा शसस्त्र प्रहरीको बोर्डर आउट पोष्ट(बिओपी)हरु र नेपाल प्रहरीका सिमा प्रहरी चौकीहरु रहेका भएपनि सुरक्षाकर्मीहरुकै मिलेमतोमा मधेश प्रदेशका जिल्लाहरुका नाकाहरुबाट तस्करी तथा भन्सार छलीको ठुलो मात्रामा सामानहरु ओसार पसार हुने गरेको छ ।
सप्तरी बर्साइन,तिलाठी,छिन्नमस्ता,बनैनियाँ,पातो,स्वर्णपट्टी,रामनगर,बेल्ही,सिरहाको माडर,लगडिगदियानी,इट्टाटार,बरियारपट्टी,बडहरी,नवराजपुर,इनर्वा,धनुषाको इनर्वा,खजुरी,
महिनाथपुर,धनौजी,देवडिया,जटही,फुलगामा,महोतरीको मटिहानी,जलेश्वर,मरुवाही, इटहरुवाकट्टी,पोखरभिण्डा,सम्सी,रधुनाथपुर,खैरवनी,मनरा, सर्लाहीको संग्रामपुर,सखुअवा,
त्रिभुवननगर,मलंगवा,खुटौना,भाँडसर,सिमरा,बाराउद्योरण,बहादुरपुर,मधुवनी,छतौना,रौतहटको  बेलविछवा,गौर,औरैया,रामपुरखाँप,सरमुजवा,बाराको गोलागन्ज,पिपरपाति,
बेल्दारी,बेनौली,कबहिगोठ,दक्षिणझिट्कैया,मटिअर्वा,बरैनियाँ र पर्साको  वीरगन्ज,सिर्सिया, ड्राईपोर्ट,अलौ,अमरपट्टी,प्रसौनिभठ्ठा,पकाहामैनपुर,लहावरथकरी,भिष्वा,मिर्जापुर, भिखमपुर,पिडारीगुठीमहादेवापट्टी,सुवर्णपुर,सुरुचि विजयबस्ती,ब्रम्हानगर र ठोरी गरी शसस्त्र प्रहरीका ७२ वटा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट(बिओपी)हरु रहेका छन् भने नेपाल प्रहरीका सिमा प्रहरी चौकीहरु करिब ९० वटा रहेका भएपनि तस्करहरुले खुलेआम रुपमा भन्सार छलीका सामानहरु ठुलो मात्रामा भित्र्याई रहेका छन् ।
यी सिमा नाकाबाट पछिल्लो समय मदिरा,मरिच,मटर,सुन,छोकरा लगायतका सामानहरु तस्करी हुने र छिमेकी देश भारतबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस भन्सार छली तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसहरुको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि भन्सार छली चोरी निकासी गरी तस्करी फस्टाउँदो छ। राजस्व अनुसन्धान विभागले राजस्व छलीको शंकामा मधेश प्रदेशका भन्सार नाकाबाट छुटेका दुई भारतीयसहित २० वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर छानबिन सुरु गरेपछि सुरक्षाकर्मीहरु र भन्सार कार्यालयका कर्माचारीहरुको सेटिङमा भन्सार छली तथा तस्करी मौलाएको रहस्य बाहिरिएको हो ।
विभागले करोडौं मूल्यका सामान आयातका क्रममा नियन्त्रणमा रहेका ट्रक छानबिन गरेर छाड्ने वा मुद्दा चलाउने निर्णय गर्ने जनाएको छ ।मुलुकमा राजस्व संकलन न्यून भएर साधारण खर्च धान्नसमेत कठिन भएको समयमा मधेश प्रदेशका सिमानाकाहरुबाट भन्सार छली तथा चोरी निकासी आयातमा बढी निगरानी बढाएको विभागले जनाएको छ ।
विभागका प्रवक्ता तथा उपमहानिर्देशक प्रद्युम्न प्रसाद उपाध्यायका अनुसार ती ट्रकहरु वीरगन्ज,विराटनगर,भैरहवा,रसुवा भन्सारबाट काठमाडौं आउने क्रममा बाटैबाट नियन्त्रणमा लिइएको हो । सामान बोकेका केही ट्रक चोभार सुख्खा बन्दरगाहबाट नियन्त्रणमा लिइएको प्रवक्ता उपाध्यायले जानकारी दिए । उनका अनुसार अहिले नियन्त्रणमा लिइएका कन्टेनरहरू पुल्चोकस्थित विभागको हातामा राखिएको छ । विभागले नियन्त्रणमा लिइएका ट्रक जाँच गरेर अनुुन्धान भइरहेको जनाएको छ ।
विभागले विशेष सूचनाका आधारमा राजस्व आयात गरिएका सामानहरुमा तयारी कपडा, जुत्ता,हार्डवेयर,कस्मेटिक,टायल,ब्लाङ्केट,चामललगायतका सामानहरु रहेका छन् ।नियन्त्रणमा लिइएका ट्रकमध्ये दुईवटा भारतीय ट्रक रहेका छन् । विभागको हातामा ट्रक तथा कन्टेनरहरु भरिभराउ देखिएका छन् । मुख्यतः भन्सारबाट छुटेका ट्रकका सामानको मूल्याङ्कन दर,गुणस्तर,परिमाण र त्यसका आधारमा आयातकर्ताले तिरेको राजस्व रकममा आधारित भएर अनुसन्धान गरिने प्रवक्ता उपाध्यायले बताए ।
विभागको ५० लाखसम्मको बिगो कायम भएमा आयातकर्ताले जरिवाना वापत उक्त रकम तिरेर सामान लैजान सक्ने बताएको छ । तर ५० लाखभन्दा बढी बिगो रकम तिर्नुपर्ने देखिए आयातकर्ताविरुद्ध मुद्दा दायर गर्ने कानुनी प्रवधान रहेको विभागले छ । त्यस्तो अवस्थामा सामानसमेत जफत हुने दाबीसहित मुद्दा दायर हुनेछ । 
सुरक्षाकर्मीहरु र भन्सारका कर्माचारीहरुको सहयोगमा सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार सुरु हुन्छ । नाकाबाट रातभर पारिबाट सामान ल्याएर मोटरसाइकल,टेम्पो,बोलेरो तथा बसमार्फत सहरतर्फ ढुवानी हुन्छ। सुरक्षाकर्मीबाट‘लाइन क्लियर’ रहेको संकेत पाएपछि अन्धाधुन्द सामान ढुवानी सुरु हुन्छ। सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर खटिएका हुन्छन्। तस्करको जालो कतिको मजबुत छ भने तथ्य भन्सार असुलीको तथ्यांकबाट समेत प्रष्ट हुन्छ। राज्यकोषलाई धारासायी बनाउँदै व्यक्तिलाई आर्थिक हिसावले बलियो बनाउने तस्करी धन्दा फस्टाउँदा भन्सार असुली निकै कमजोर बनेको छ ।
मधेश प्रदेशका प्रहरी प्रमुख डिआईजी बसन्त बहादुर कुँवर आएको समयमा भन्सार छली तथा तस्करी केही रोकिएको भएपनि उनी बढुवा भएर गएपछि फेरी तस्करहरु मौलाउन थालेका छन् ।

सम्बन्धित समाचार