पक्की पुल र बाटो नहुँदा झोलुंगोको भरमा बिरामी बोक्दै

3.2k Shares

सर्लाहीको चुरेक्षेत्रका स्थानीयले बिरामी बोक्न अझै झोलुंगोको भर पर्नुपर्ने बाध्यता रहेको छ । भौगोलिक विकट सर्लाहीको चुरेक्षेत्रका बस्तीमा बिरामी बोक्न अझै पनि झोलुंगोको प्रयोग भइरहेको पाइएको हो । 
दिगो सडक सञ्जालमा अझै जोडिन नसकेको र कमजोर भौगोलिक बनाबटका कारण पटक–पटक बनाएको कच्ची सडक समेत हरेक वर्षामा बग्ने गरेको छ । वर्षा लागेपछि खोलाको बाटोसमेत बन्द भएपछि उनीहरूले अझै झोलुंगोमा बिरामी बोकेर अस्पताल ल्याउनु पर्ने बाध्यता रहेको स्थानियले बताएका छन् । 
बिरामी हुँदा एम्बुलेन्स जाँदैन,दैनिक उपभोग्य सामाग्री ल्याउन समस्या हुन्छ,किसानहरुले उत्पादक गरेका कृषिजन्य सामाग्रीहरुलाई बजार लान समस्या हुने स्थानिय चर्तुमान घिसिङले बताउनु भयो ।
गाउँमा कोही बिरामी परे यसरी नै मिलेर झोलुंगोमा पालैपालो बोकेर पुर्व पश्चीम लोकमार्ग छेउछाउमा भएका स्वास्थ्य संस्थामा पुर्याउन स्थानिय बाध्य भएका छन् ।  भने खोला बाढी आउँदा आफुहरु ज्यान नै जोखिममा पारेर दैनिक उपभोग्य सामाग्री लैजानु पर्ने बाध्यता रहेको स्थानिय चन्द्र वाईवाले बताउनु भयो ।
जिल्लाको लालबन्दी,ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या जारी रहेको छ ।  सो क्षेत्रमा व्यावस्थीत स्वास्थ्य संस्था नहुँदा सो क्षेत्रका नागरिकहरु सास्ती बेर्होन बाध्य भएका छन् । बाटो छेन बिरामीलाई झोलुंङ्गोमा बोकेर लाउनु पर्ने साथै बाढी आएर बगाउने अवस्था रहेको लालबन्दी नगरपालिका १४ का वडा अध्यक्ष सुवाई सिंह ब्लोनले बताउनु भयो ।
प्रदेश २ कै कर्णाली भनेर चिनिने नारायण खोलालाई स्थानिय पहलबाट स्थायी बाटोको निर्माणको काम भई रहेको,सो क्षेत्रको विकास लागि आफुहरु सबैशत्तिः लगायरतयार रहेको  साथै सो क्षेत्रलाई हरेक सेवा प्रवाहमा सहजता प्रदान गर्ने गरी लागि परेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो ।
उहाँका अनुसार प्रदेश २ कै कर्णाली भनेर चिनिने नायरायण खोला क्षेत्रमा आफुहरुले स्थायी बाटो बनाउने योजना बनाएको र यो वर्ष १४ किलो मिटर बाटो निर्माण गरि सकेको र पुलको ठेक्का पनि लागि सकेको छ । चाडपर्वमा स्थानियलाई आवत जावतमा समस्या नहोस भन्नका लागि अस्थायी बाटो तत्काल तयार पारिने र स्थायी संरचनाको काम पनि भई रहेको उहाँले बताउनु भयो ।
गाउँमा भएका युवा र अधबैँसे गरी १०÷१२ जना जम्मा भएर बिरामी बोक्नु पर्ने,वर्षायाम शुरु भएपछि दैनिक उपभोग्य सामाग्रीहरुका साथै सो क्षेत्रमा उत्पादन भएको कृषिजन्य पदार्थ बजार सम्म ल्याउन पनि समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै सो समस्या समाधानमा नगरपालिका लागि परेको नगर उप प्रमुख शान्ती लामाले बताउनुभयो ।
सो क्षेत्रका विरामीहरुलाई अस्पताल लैजान सो क्षेत्रमा नत बाटो छ, नत सवारी साधन नै सञ्चालन भएका छन् । भने भएको स्वास्थ्य संस्थामा पनि चिकित्सकहरु आलोपालो गरेर कार्यालय जाँदा सो क्षेत्रका स्थानिय थप मारमा परेका छन् ।

सम्बन्धित समाचार