Close This

उबासंघ ईश्वरपुरको अध्यक्षमा साह बिजयी,बाँकी पदाधिकारी सर्बसहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-९ गते   २४३ पटक हेरिएको

सर्लाहीको इश्वरपुर नगरपालिकामा रहेको उद्योग वाणिज्य संघ ईश्वरपुरको अध्यक्षमा मनोज साह बिजयी हुनुभएको छ ।आईतवार साझँ सम्पन्न मत परिणाम अनुसार साह आफ्ना निकटतम प्रतिद्वंदी भन्दा ८३ मत बढी प्राप्त गरि बिजयी हुनु भएको हो । 
 साहले १ सय ७० मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटतम प्रतिद्वंदी मिथिलेस प्रसाद यादवले ८७ र रामचन्द्र साहले ८ मत मात्र प्राप्त गर्नु भएको  द्योग वाणिज्य संघ ईश्वरपुरले जनाएको छ । 
संघमा आवद्धभएका २ सय ८१ जना व्यापारी÷व्यवसायीमध्ये २ सय ६६ जनाले मतदान गरेका थिए । मतदानमा खसेको १ मत बदर भएको उद्योगा वाणिज्य संघ ईश्वरपुरको निर्वाचन मण्डलले जनाएको छ । आईतवार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । अन्य पदमा सर्वसम्मत भएपनि अध्यक्षमा सहमती जुट्न नसकेपछि चुनाव नै गर्नुपरेको थियो । 
संघको उपाध्यक्षमा दुर्गा अधिकारी, महासचिवमा विनोदप्रसाद साह, कोषाध्यक्षमा शारदा मैनाली, सचिवमा सन्तोष कुमार राय, सदस्यहरुमा नवीन सिलवाल, प्रमोद साह, नागेन्द्र साह, रामनाथ महतो, आकाश कुमार यादव र जितेन्द्र साह यस अघिनै चयन हुनु भएको थियो । उहाँँहरु सबै जना प्रथम साधारण सभाबाट सर्वसम्मत चयन हुनु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech