भोलीबाट हुने एसईईमा सर्लाहीका १२ हजार ३४ विद्यार्थी सहभागी हुने

296 Shares

भोलीबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सर्लाहीका सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट गरी कुल १२ हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन्।चैत्र ७ गते बिहीबार बिहान ८ बजेबाट सर्लाहीका ३८ वटा परीक्षा केन्द्रहरुमा सुरु हुने माध्यामिक शिक्षा परीक्षा(एसईई)मा एक सय ५३ वटा विद्यालयहरुबाट गरी १२ हजार ३४ जना विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्रमुख मोति प्रसाद भट्टराईले जानकारी दिए ।उनका अनुसार जिल्लाका एक सय सात वटा सामुदायिक विद्यालयहरु, ४६ वटा संस्थागत विद्यालयहरुका साथै ११ वटा प्राविधिक धार तर्फ र खुल्ला एउटा तथा गृहणी एउटा विद्यालय गरी कुल एक सय ५३ वटा विद्यालयहरुबाट छ हजार ६३ जना छात्रा र पाँच हजार नौ सय ७१ जना छात्रहरु परीक्षामा सहभागी हुने भएका छन् ।
बागमती नगरपालिका १ ढुंग्रेखोला, मिलन चोकको जनता मा.विको परीक्षा केन्द्र हटाएर गोडैता नगरपालिका १० सिसौटिया मनर्वाको नारायण मा.विलाई यस वर्ष परीक्षा केन्द्र थप गरिएकोमा सामुदायिक विद्यालय तर्फबाट १० हजार पाँच सय ७४ जना,संस्थागत विद्यालय तर्फबाट एक हजार चार सय आठ जनाका साथै ग्रेडबृद्धि तर्फ ५२ जना गरी कुल १२ हजार ३४ जना जसमा साधारण तर्फ १० हजार दुई सय ९३ र प्राविधिक धारतर्फ तीन सय ५१ का साथै ग्रेडबृद्धि तर्फ एक हजार तीन सय ९० जना विद्यार्थीहरु माध्यामिक शिक्षा परीक्षा(एसईई)मा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुमार कुशवाहाले जानकारी दिए ।
उनका अनुसार माध्यामिक शिक्षा परीक्षा(एसईई)मा केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्ष,निरीक्षक,परीक्षा सहायक तथा विद्यालयका कर्मचारी र कार्यालय सहयोगी गरी कुल एक जहार नौ जना कर्मचारीहरु परिचालन हुने छन् ।माध्यामिक शिक्षा परीक्षा(एसईई)संचालनका लागि जिल्लाका ३८ वटै परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका पुर्याइ सकिएको शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले जनाएको छ ।केन्द्र सरकारको निर्णय अनुसार जुन विद्यालयमा एसईई परीक्षा सञ्चालन हुन्छख त्यही विद्यालयका प्रधानाध्यापकलाई केन्द्रध्यक्ष तोक्ने परिपाटीको मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिश कुमार सिंहले विरोध गरेपछि केन्द्राध्यक्ष तोक्न केही ढिला भएको बुझिएको छ ।

सम्बन्धित समाचार