पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की करिब छ वर्षपछि निर्माण सम्पन्न भएको भएपनि पुलसंग जोड्ने दुवैतर्फको सडक निर्माण नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन् ।
८९ मिटर लामो पक्की पुल निर्माण गर्ने गरी रु १५ करोड २३ लाख लागतमा महादेव/खिम्ती/हिराज(जेभी)ले आर्थिक वर्ष २०७६/०७७ मा नै ठेक्का लिएको भएपनि छ वर्षपछि मात्रै निर्माण गरेको भएपनि पुलको दुवै भाग तर्फको सडक निर्माण नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन् ।
पाँच वर्षमा दुई पटक पुल भाँसिएकोले निर्माण कार्यमा ढिलाई भएको निर्माण कम्पनीले बताएको भएपनि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको निर्माण कम्पनी कै ठेगान भएपछि अरु निर्माण कम्पनीलाई आरोप लगाउनु अर्थपुर्ण नहुने स्थानीय बताउँछन् ।दुधौरा खोलामा पुल निर्माणमा ढिलाई हुँदा लामो समय यात्रु र सवारी चालकहरुले सास्ती भोग्नु परेको थियो।वर्सेनी पुल बिग्रिएर सवारी साधन ठप्प हुने गरेको समस्याका कारण वर्षायाममा यात्रुहरुले कयौं रात जंगल मैं बिताउँन बाध्य भएका थिए ।
तर अहिले पुल निर्माण भएपनि पुललाई जोड्ने दुवै तर्फको सडक जिर्ण हुँदा यात्रुहरू र सवारी चालकहरु सास्ती भोग्न बाध्य भएका छन् । पुलको दुवैतर्फको सडकमा ठुला ठुला खाल्डा परेका छन् भने त्यसको मर्मत सम्भार गर्ने तर्फ सरोकारवाला निकायले चासो नराखेको यात्रुहरू र सवारी चालकहरुको आरोप छ ।