कबड्डीसंघ सर्लाहीको प्रथम अधिवेशनबाट थापाकाे अध्यक्षतामा १३ सदस्यीय समिति सर्व सहमत चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-१३ गते   ६२२ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी

जिल्ला कबड्डी संघ सर्लाहीको प्रथम जिल्ला अधिवेशनबाट लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष एवम जिल्ला खेलकुद विकास समिति सर्लाहीका निवर्तमान अध्यक्ष गणेश बहादुर थापाकाे अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।
लालबन्दी नगरपालिका १६ काे सभा हलमा भएको प्रथम जिल्ला अधिवेशनले थापाकाे अध्यक्षतामा प्रदिप भट्टराई,मेख बहादुर खड्का र राजु चाैधरी उपाध्यक्षमा,सचिवमा धनश्याम देवकाेटा र पुर्ण माया वि.कलाई काेषाअध्यक्षमा सर्व सहमत चयन गरेकाे लालबन्दी नगर खेलकुद विकास समितिका संयाेजक एवम लालबन्दी नगरपालिका १७ का अध्यक्ष विष्णु अधिकारीले जानकारी दिए ।
उनका अनुसार सह सचिव चयन गर्न बाँकी रहेका साथै सदस्यहरुमा क्रमस सुर्य प्रसाद दाहाल(सुरज),पवन श्रेष्ठ,सम्झना थापा,सन्तली तामाङ,बलराम बस्नेत र प्रभुदेव सिवाकाेटी चयन भएका छन् ।
नगर खेलकुख विकास समिति लालबन्दीका संयाेजक अधिकारीकाे अध्यक्षता  एवम नेपाल कबड्डी संघ केन्द्रका काेषाअध्यक्ष  अरविन्द्र झाकाे प्रमुख आतिथ्यतमा प्रथम जिल्ला अधिवेशन भएको हाे ।
कार्यक्रममा नेपाल खेलकुद विकास समितिका केन्द्रीय सचिव प्रभुनारायण सिवाकाेटी(श्याम),खेलप्रेमी वसभु सिंह थापा लगायतकाे उपस्थितिमा लालबन्दी नगरपालिका १६ काे सभा हलमा कार्यक्रम सम्पन्न भएको हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech