सशस्त्र प्रहरी बलमा रिक्त रहेको एआइजीमा बरियता मिचिएर डिआईजी गणेश ठाडा मगरलाई सिफारिस गरिएको पाइएको छ।पहिलो नम्बरमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका डिआईजी ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो।केही दिन पहिला गृह मन्त्रालयका सचिव गोकर्ण मणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले डिआईजी ठाडा मगरलाई एआईजीमा सिफारिस गरिएको छ।एआइजी रिक्त भएको डेढ महिना पछिको रस्सा कस्सीपछि ढिआईजी ठाडा मगरलाई बढुवा सिफारिस गर्दा आर्थिक चलखेल भएको स्रोतको दावी छ।
चलखेलका आधारमा वरियता मिचेर दोस्रो नम्बरमा रहेका डिआईजी ठाडा मगरको बढुवा गर्दा कांग्रेस सभापति एवम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो हस्तक्षेपमा एआइजीमा बढुदा हुँदा दुई वर्षपछि आइजिपी हुने सम्भावना रहेकाले बढुवामा तिव्र आर्थिक चलखेल भएको स्रोतको दाबी छ ।मधेश प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशको प्रमुख हुँदा मधेशका जिल्लाहरुमा असुली चलाएर बद्नामी कमाएका डिआईजी ठाडा मगर नेपाली कांग्रेसका लविमा रहेका सशस्त्र प्रहरी स्रोतको दाबी छ ।
सशस्त्र प्रहरीमा वैशाख २ मा एआईजी चन्द्रप्रकाश गौतम(सीपी) अवकाश भएसँगै एआईजी पद रिक्त भएको थियो। वैशाख १४ मा बढुवा समितिले सात दिनको सूचना प्रकाशन गरेको थियो। सूचना अनुसार आठ जना डिआइजीहरूले आवेदन फारम भरेका थिए।दरखास्त फारम बुझाएका डिआइजीहरू कमल गिरी,शम्भु सुवेदी,कुलबहादुर नेम्वाङ,लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै डिआईजी ठाडा एआईजीमा सिफारिस भएका हुन्।