सर्लाहीका दुईस्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु, एकजना घाइते

4k Shares

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राती भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भने दुर्घटनामा अर्का एक जना घाईते भएका छन् । 
शनिबार राती करिब १० बजे बाँके चौक नजिकै बर्दिवासबाट लालबन्दीतर्फ आउँदै गरेको ना ३४ प ७०२१ नं. को मोटरसाइकललाई नम्वर नखुलेको सवारीसाधनले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सुर्खेत घरभई हाल लालबन्दीमा बसेर सेक्यूरिटी गार्डको काम गर्दै आएका अन्दाजी ५६ वर्षका भिम गुरुङको ज्यान गएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी नगरपालिका ३ का अन्दाजी ४२ वर्षीय जितन चौधरी घाईते छन् । चौधरीको गडिमाई अस्पताल लालबन्दीमा उपचार चलिरहेको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो । प्रहरी निरिक्षक ढुंगानाका अनुसार दुर्घटनामा ज्यान गएका गुरुङको जिल्ला अस्पताल मलंगवा सर्लाहीमा पोष्ट मार्टमका लागि पठाइएको छ । भने दुर्घटनामा संग्लग्न सवारी ासधनकोखोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । 
त्यसैगरी  नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका ६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । बाटो काट्ने क्रममा शनिबार राती साइकलले ठक्कर दिँदा हरिपुर नगरपालिका ६ की अन्दाजी वर्ष ५५ की सैफुल खातुन घाइते भएकी र प्रादेशिक अस्पताल जनकपुरमा उपचारकोक्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
टाउकोमा गंभिर चोट लागेर गंभिर घाईते भएकी खातुनको उपचारको क्रममा अस्पताल मै ज्यान गएको प्रहरीले जनाएको छ । खातुनलाई ठक्कर दिने साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार