Close This

नेकपा (माओवादी केन्द्र) लालबन्दीको स्थानीय सांसदिय नेतामा थापा चयन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-१७ गते   २१०६ पटक हेरिएको

नेकपा ( माओवादी केन्द्र ) सर्लाहीले सर्लाहीकोे लालबन्दी नगरपालिकामा नगरस्तरिय संसदिय दलको नेता चयन गरेको छ । नेकपा(माओवादी केन्द्र) लालबन्दीले  लालबन्दी नगरपालिका १६ का वडा अध्यक्ष गणेश थापालाई नगरस्तरिय संसदिय दलको नेता चयन गरेको हो ।
त्यस्तै उपनेतामा लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष शिवकृष्ण बैध र सचेतकमा लालबन्दी नगरपालिका ८ का वडाअध्यक्ष राजन कुमार श्रेष्ठलाई स्थानीय सरकारको कार्यभार जिम्मेवारी तोकिएको नेकपा ( माओवादी केन्द्र ) लालबन्दीले जनाएको छ । 
बिहीबार भएको एक कार्यक्रममा स्थानिय संसदिय दलको चयन गरेको सचेतक श्रेष्ठले जानकारी दिनुभयो । उक्त कार्यक्रममा नेकपा ( माओवादी केन्द्र) सर्लाहीका जिल्ला सचिब कमल बुढाथोकी, प्रदेश सभा सदस्य राधेश्याम पासवान, नेता कृष्ण गौतम, नेता श्याम श्रेष्ठ, नगर सचिब अर्जुन जर्गा मगर लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफुखुसी निर्णय गर्नशुरु गरेपछि नेकपा(माओवादी केन्द्र) लेतल्लो तहसम्म पार्टीको गतिविधि सञ्चालन गर्नशुरु गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech