सर्लाहीमा प्रतिनिधि र प्रदेश सभाका लागि दुई सय दुई जनाको उम्मेदवारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-८ गते   ३६१ पटक हेरिएको

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि सर्लाहीमा स्वतन्त्र सहित दुई सय दुई जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा ६९ जना र प्रदेश सभामा १ सय ३३ जना गरि कुल दुई सय दुई जनाको उम्मेदवारी परेको हो ।
४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा रहेको जिल्लामा प्रतिनिधि र प्रदेश सभामा १२ जना निर्वाचित हुने भएपनि स्वतन्त्र सहित विभिन्न राजनैतिक दलका गरि दुई सय दुई जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १९,क्षेत्र नम्बर २ मा १७,क्षेत्र नम्बर ३ मा १३ र क्षेत्र नम्बर ४ मा २० जनाको प्रतिनिधि सभाको सदस्यका लागि उम्मेदवारी परेको छ भने क्षेत्र नम्बर १(क)मा १८ जना,१(ख)मा ११ जना,२(क)मा १३जना,२(ख)मा १८ जना,३(क)मा १७ जना,३(ख)मा १९ जना र ४(क)मा १८ र ४(ख)मा १९ जनाको प्रदेश सभाका लागि उम्मेदवारी परेको छ ।
जिल्लाका ४ प्रतिनिधि सभा र ८ प्रदेश सभाका लागि एक सय नौ जनाको स्वतन्त्र उम्मेदवारी छ भने ९३ जनाको विभिन्न राजनैतिक दलबाट उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका कार्यालय प्रमुख निर्मल पोखरेलले जानकारी दिए ।
उहाँका अनुसार जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १२ जनाको स्वतन्त्र र ७ जनाको राजनैतिक दलबाट,क्षेत्र नम्बर २ मा ८ जनाको स्वतन्त्र र ९ जनाको राजनैतिक दलबाट,क्षेत्र नम्बर ३ मा ६ जनाको स्वतन्त्र र ७ जनाको राजनैतिक दलबाट  र क्षेत्र नम्बर ४ मा ९ जनाको स्वतन्त्र र ११ जनाको राजनैतिक दलबाट गरि प्रतिनिधि सभाका लागि कुल ३५ जनाको स्वतन्त्र र ३४ जनाको राजनैतिक दलबाट उम्मेदवारी परेको हो ।
त्यसैगरी प्रदेश सभा तर्फ क्षेत्र नम्बर १(क)मा १० जनाको स्वतन्त्र ८ जनाको राजनैतिक दलबाट,१(ख)मा ४ जनाको स्वतन्त्र र ७ जना राजनैतिक दलबाट,२(क)मा ७ जनाको स्वतन्त्र र ६ जनाको राजनैतिक दलबाट,२(ख)मा ८ जनाको स्वतन्त्र र १० जनाको राजनैतिक दलबाट,३(क)मा १२ जनाको स्वतन्त्र र ५ जना राजनैतिक दलबाट,३(ख)मा १२ स्वतन्त्र र ७ जना राजनैतिक दलबाट,४(क)मा ११ जना स्वतन्त्र र ७ जना राजनैतिक दलबाट र ४(ख)मा १२ स्वतन्त्र र ७ राजनैतिक  दलबाट प्रदेश सभाका लागि उम्मेदवारी परेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech