सिन्धुली पाठशालाले ५९ औँ बाल दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । कमलामाई नगरपालिका ४ स्थित रहेको सिन्धुली पाठशालाले ५९ औँ बाल दिवशको अवसरमा विभिन्न खेलकुद प्रतियोगीता,विद्यालय भित्र विभिन्न अतिरिक्त क्रियाकलापहरुमा प्रतिष्पर्धात्मक प्रतियोगीता र विद्यार्थीहरुको प्रोत्साहन स्वारुप विद्यार्थीहरुलाई मिठाई वितरण गरेको पाठशालाका प्रधानाध्यापक निराजन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार विद्यालय दोस्रो घर रहेकाले विद्यार्थीहरुलाई विद्यालयमा हुँदा पनि घर मै रहेको महसुस गराउन पारिवारिक वातावरण सृजना गरेको हो ।

त्यसैगरी पाठशालाले नेपाली नारीहरुको महान चाड हरि तालिका तिजको अवसरमा विद्यालयका शिक्षिकाहरुलाई दर समेत खुवाएको छ । विभिन्न समयमा सामाजिक काममा समेत संग्लग्न भएको सिन्धुली पाठशालाले ५९ औँ बाल दिवश विभिन्न कार्यक्रम गर्नुका साथै शिक्षिकाहरुलाई दर खुवाएको जनाएको छ ।

पाठशालाका प्रधानाध्यापक श्रेष्ठका अनुसार पाठशालाले विभिन्न समयमा लागुऔषध,बालहिंसाका साथै सकारात्मक सोच तथा आत्महत्या न्युनिकरण लगायतका क्षेत्रमा पनि सरोकारवालाहरु संगको सहकार्यमा जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएको छ ।

कमलामाई नगरपालिका ४ ढुग्रेबास स्थित सिन्धुली पाठशालाको परिसरमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका विद्यार्थीहरुका साथै शिक्षक,शिक्षिकाहरु र अभिभावकहरुको समेत विशेष सहभागीता रहेको थियो ।