Close This

उवा संघ लालबन्दीको अध्यक्ष पदका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान, २५ गते निर्वाचन हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-३-२२ गते   १९४८ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा रहेको उद्योग वाणिज्य संघ लालबन्दीको निर्वाचन तालिका अनुसार अध्यक्षका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । निर्वाचन समितिले अध्यक्षका उम्मेदवारद्धय दीपेन्द्र कुमार बलम्पाकी र पन्चलाल श्रेष्ठलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
अध्यक्ष पदका उम्मेदवार बलम्पाकीलाई घर र अर्का उम्मेदवार श्रेष्ठलाई हाँस चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा बलम्पाकीलाई मतदान गर्न चाहनेले घर चुनाव चिन्ह र श्रेष्ठलाई मतदान गर्न चाहनले हाँस चुनाव चिन्हमा मतदान गर्न सक्ने छन् ।
चुनाव चिन्ह पाएपछि दुवै उम्मेदवारले आफ्नो चुनावी गतिविधिहरु सुरु गरि सकेका छन् । उद्योग वाणिज्य संघ लालबन्दीको अध्यक्ष चयन गर्न असार २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म लालबन्दी नगरपालिका ७ मा रहेको जानकी माध्यमिक विद्यालयमा मतदान हुने निर्वाचन समितिका संयोजक उद्योग बाणिज्य संघ लालबन्दीका पुर्व अध्यक्ष बाबुकाजी नुच्छे प्रधानले जानकारी दिनुभयो ।
उद्योग वाणिज्य संघ लालबन्दीमा दर्ता भएका १ हजार २ सय ४९ जना व्यवसायीहरुले चुनावमा मतदान गर्न पाउने छन् । संघको अध्यक्ष बाहेक अन्य पदाधिकारी र सदस्यहरु भने यसअघि नै सर्वसम्मत चयन भइसकेका संघ निवर्तमान अध्यक्ष कल्याण कुमार ज्योशीले जानकारी दिनु भयो । उहाँका अनुसार अध्यक्षमा भने दुई जनाको उम्मेदवारी परेपछि मतदान नै गराउनु पर्ने भएको हो । अन्तिम समयसम्म पनि अध्यक्षमा समेत सहमतीको प्रयास गरियो । तर, दुईमध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । त्यस कारण निर्वाचन प्रक्रियामा जानु परेको  निवर्तमान अध्यक्ष ज्योशीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech