Close This

बागमतीमा जलजन्य विपद् उद्दार पुर्वतयारी अभ्यास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२४ गते   ४९३ पटक हेरिएको

मधेश प्रदेशकाे सर्लाही र राैतहटकाे सिमा क्षेत्रमा रहेकाे बागमती नदीमा प्रदेश स्तरीय जल उत्पन्न प्रकाेप उद्दार अभ्यास गरिएकाे छ ।
बागमती नदीमा शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी र नेपाली सेनाकाे मध्य पुर्वी पृतना बर्दिवासले संयुक्त रुपमा प्रदेश स्तरीय जल उत्पन्न प्रकाेश उद्दार अभ्यास गरेकाे शसस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनीका बाहिनी पति डिआईजी दिपेन्द्र साहले जानकारी दिए ।
 बर्षातकाे समय आउन लागेकाे र मधेश प्रदेशमा सबै भन्दा बढी जल जन्य विपद्ब धेरै आउने गरेका कारण कसरी उद्दार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउने भन्दै जलउत्पन्न प्रकाेप उद्दार अभ्यास गरिएको डिआईजी साहले बताए ।
जलजन्य विपद् बाट मानविय क्षेती नहाेस भन्नका लागि  विपद् पुर्व तयारी अभ्यास गरिएको शसस्त्र प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरुले विपद् पछिकाे उद्दार तथा व्यावस्थापनका कामहरु समेतकाे अभ्यास देखाएका थिए ।
कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्य मन्त्री सराेज कुमार यादवले यस प्रकारका उद्दार कार्यमा मधेश प्रदेश सरकारले गर्न सक्ने सबै सहयाेग गर्ने बताए । उनले मधेश प्रदेशका काेशी,कमला,बागमती र बकैया नदी जस्ता ठुला नदीहरुबाट हरेक वर्ष ठुलाे मानविय तथा भाैतिक क्षेती हुने गरेकाे भन्दै त्यसबाट वचन के गर्न सकिन्छ भन्ने विषयमा सुरक्षाकर्मीहरुसंग मन्वय गरेर प्रदेश सरकारले त्यसका लागि बजेट समेत व्यावस्थापन गर्ने मुख्य मन्त्री यादवले बताए ।
विपद्काे समयमा परेका स्थानीयलाई मनाेपरामर्स सेवा समेत प्रदान गर्नु पर्ने तथा विपद् उद्दार पछि पीडितहरुलाई  राहत उपलब्ध गराउने समयमा अपनाउनु पर्ने सावधानीहरुकाे विषयमा पनि सुरक्षाकर्मीहरुले अभ्यास देखाएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech