सेवा प्रवाहलाई सहज बनाउन कविलासीमा अन्तरक्रिया

178 Shares

सर्लाहीको कविलासी नगरपालिकामा सेवा प्रवाह सम्वन्धमा जिल्ला प्रशासन कार्यालय सर्लाहीले सहजीकरण समन्वय र सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ।कविलासी नगरपालिकाको सभा हलमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा अन्तरक्रिया गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार उक्त अन्तरक्रिया कार्यक्रममा वडा तथा नगरपालिकाबाट जिल्ला प्रशासन कार्यालयमा सरसिफारिस पठाउँदा सेवाग्राहीहरुलाई सहज हुने काम कसरी गर्ने ? र  के–के कामका लागि कुन–कुन कागजात पठाउने?लगायत विषयमा जिल्ला प्रशासन कार्यालयको टोली,पालिकाका जनप्रतिनिधि र कर्मचारी लगायत बिच अन्तरक्रिया गरिएको हो ।
त्यसैगरी शान्ति सुरक्षा,लागुऔषधको कारोवार र प्रयोगको रोकथाम तथा नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।कार्यक्रममा कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव राय,उपप्रमुख पुनम कर्ण,निमित्त प्रमुख प्रशासकीय अधिकृत राज किशोर महतोलगायत जनप्रतिनिधहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार