१८ औं गणतन्त्र दिवसमा सरकारले यस वर्ष पनि गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने निर्णय गरेको छ। १८ औं गणतन्त्र दिवसमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।
जेठ १४,१५ र १६ गते सार्वजनिक निकायमा दीप प्रज्ज्वलन सहित त्रिदिवसीय रुपमा १८ औं गणतन्त्र दिवसमा मनाईदै छ ।जसमा केन्द्र,प्रदेश र स्थानीय तहका सरकारहरू समावेश भएका छन्।हरेक वर्ष जेठ १५ गते मनाईने गणतन्त्र दिवसमा केन्द्र,प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र संघ–सस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आव्हान गर्दै गणतन्त्र दिवसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरेका छन् ।करिब दुई सय ५० वर्षे शाही शासनको अन्त्य भएर जनताको संविधान सहित जनताका अधिकारहरु स्थापना गर्ने बाटोमा गणतन्त्र दिवस मनाईँदै आईएकाले हरेक दिन जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा समेत दिने गरिएको छ ।