Close This

हरिवन नगरपालिका ४ बाट लागु औषध गाँजा सहित मानिस पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२७ गते   २४१ पटक हेरिएको

सर्लाही हरिवन नगरपालिका ४ स्थित भित्री सडक खण्डबाट प्रहरीले लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका ४ स्थित भित्री सडक खण्डबाट ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक मुकेश ताम्राकारको कमान्डमा खटिएको प्रहरीको टोलीले लागु औषध गाँजा सहित मानिसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए । 
प्रहरी निरिक्षक ताम्राकारको कमाण्डमा खटिएको प्रहरीको सरप्राईज चेकिङले दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ४४ प ४२८९ नम्बरको मोटरासईकललाई शंकालागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा राखि ल्याउँदै गर्दा अन्दाजी ५ किलो लागु औषध गाँजा सहित हरिवन नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २० का सुनिल महतोलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक सुवेदीले जानकारी दिए ।
महतोले चलाएको ना ४४ प ४२८९ नम्बरको मोटरासईकलको पछाडी बोकेको रातो झोलामा बाँधेर राखिएको अन्दाजी ५  किलो लागु औषध गाँजा फेला पारी उक्त गाँजा, मोटरसाईकल र मानिस नियन्त्रणमा लिइर ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक ताम्राकारले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech