मधेशका यातायात कार्यालयदेखि मन्त्रालय र मुख्य मन्त्रीको सचिवालय सम्म असुली

364 Shares

मधेश प्रदेशका आठै जिल्लामा रहेका यातायात कार्यालयहरुका प्रमुखहरुलाई मुख्य मन्त्री र यातायात मन्त्रीको सचिवालयबाट कमिसन माग हुने गरेको पाइएको छ।आठै जिल्लाका यातायात कार्यालयहरुका प्रमुखहरुलाई मुख्य मन्त्री र यातायात मन्त्रीको सचिवालयबाट बोलाउने र घुमाउरो भाषामा कमिसन माग्ने काम हुने गरेको यातायात व्यावस्था कार्यालय मलंगवाका प्रमुख राकेश यादवले कमलामाई मिडिया प्रा.लिलाई बताए।उनले “आठै जिल्लाका यातायात कार्यालयहरुमा कर्माचारी सरुवा गर्दा सामान्य खरदार,सुब्बाले रु पाँच लाख र त्यो भन्दा माथिल्लो तहका कर्माचारीहरुले रु ३० लाख सम्म कमिसन मुख्य मन्त्रीको सचिवालय र यातायता मन्त्रीको सचिवालयमा बुझाउनु पर्ने बताए ।
उनले केही दिन पहिला सर्लाही पाँच जना सरुवा भएर आएका भएपनि एकजना कर्माचारीले सर्लाही आएको २४ घण्टामा रु पाँच लाख मुख्य मन्त्रीको सचिवालय र यातायता मन्त्रीको सचिवालयमा बुझाएर यातायात व्यावस्था कार्यालय वीरगन्ज सरुवा गराएका समेत बताए ।उनले खानेपानीको नाममा मन्त्रालयले करिब रु सात लाख रकम दिएको भएपनि यातायात व्यावस्था कार्यालय मलंगवाको खातामा सो रकम आए लगतै अर्थ मन्त्रीको सचिवालयबाट एकजनाले खाता नम्बर एसएमएस गरेर कमिसन माग गरेका समेत बताए ।
मन्त्रालयले कमिसनको  आसमा बजेट नपठाउँदा नयाँ यातायता कार्यालयहरुलाई सञ्चालन हुन समस्या भएको उनले गुनासो समेत गरे।यातायात कार्यालय मलंगवा सर्लाहीका प्रमुख यादवले“आफु जनकपुर बस्दा पनि कमिसन बुझाएर आएको र असुली पनि चलाएको स्वीकार गरे।”यस अघिका मुख्य मन्त्रीका स्वकीय सचिव लालबाबु यादवले मन्त्रीको सचिवालयमा बोलाएर रु १० लाख कमिसन मागेका र दिन नसक्दा यातायात कार्यालय मलंगवा सर्लाहीलाई वेवास्था गरेका उनको आरोप छ ।
मन्त्रालयमा बजेट भएपनि कमिसनका लागि बाग्रेनीङ गर्न बजेट नदिएका कारण नयाँ यातायात कार्यालयहरु सञ्चालनमा निकै समस्या भएको यातायात व्यावस्था कार्यालय मलंगवा सर्लाहीका प्रमुख यादवले गुनासो गरे।उनले विचौलियाहरु यातायात कार्यालयहरुमा कमिसन बाग्रेनीङ गर्न आउने गरेका र उनीहरुलाई कमिसन नदिँदा मुख्य मन्त्री तथा यातायात मन्त्रीको सचिवालयबाट अनावश्यक निर्देशन र धम्की आउने गरेको समेत गुनासो गरे।उनका अनुसार यातायात कार्यालय जनकपुरमा करिब चार सय जना विचौलिया रहेका छन भने वीरगन्ज र लहानमा पनि विचौलियाको रजाई चलि रहेको छ । 
उनले आफुले राम्रो काम गर्न खोजेको भएपनि आफ्नै कर्माचारीहरुबाट पनि आवश्यक सहयोग नरहेको बताए।उनका अनुसार यातायात कार्यालय मलंगवा सर्लाहीमा जम्मा चार जना कर्माचारीहरु रहेकामा दुई जना पारिवारीक कारणले घर विदामा बसेका छन्।उनलाई मन्त्रालयले कति माग्छ भन्ने हाम्रो प्रश्नमा“काम गर्ने तरिका फरक हुने र कार्यालयका लागि आवश्यक रकम वा काम के हो भन्ने भन्दा पनि कमिसनको आधारमा आफुखुसी रकम पठाउने गरेको बताए।”उनले“आफुहरुले कार्यालयका लागि आवश्यक रकम माग गर्दा सो रकम नदिएर खानेपानीको नाममा रकम पठाएको”समेत बताए ।उनले कार्यालयको रंग रोगन गरेको रकम नपठाएको समेत गुनासो गरे ।
यता,यातायात कार्यालय लहान सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको मिलेमतोमा यातायात कार्यालय लाहनमा सवारी चालक अनुमती पत्र९लाईसेन्स०किनबेच हुने गरेको पाइएको छ।यातायात कार्यालय लहान सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले मोटरसाइकलको सवारी चालक अनुमती पत्र९लाईसेन्स० बनाउन रु १५ हजार र चार पाङ्ग्रे९कार,जिप र भेन०सवारी साधनहरुको सवारी चालक अनुमती पत्र९लाईसेन्स०बनाउन रु ३० देखी रु ३५ हजार लिने गरेका पाइएको छ ।
१० वर्षदेखि मोटरसाईकल चलाई रहेका सिरहाको गोलबजारका एकजनाले सवारी चालक अनुमती पत्र९लाईसेन्स०बनाउन जाँदा तीन पटक सम्म प्रयोगात्मक९ट्रायल०दिँदापनि पास नभएपछि बुझ्दै जाँदा आर्थिक चलखेलका कारण पास नभएको पाइएपछि यातायात कार्यालय लहान सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाको मिलेमतोमा यातायात कार्यालय लाहनमा सवारी चालक अनुमती पत्र९लाईसेन्स० किनबेच हुने गरेको तथ्य बाहिरिएको हो।उनले नाम नबताउँने सर्तमा “विचौलिया मार्फत गए एकै पटकमा पास गराउने तर घुस नदिए फेल गराउने गरेको पाएको”बताए ।
त्यस्तै,विचौलियाहरुले यातायात कार्यालय लहान सिरहाले आफुहरुलाई थोरै कोटा दिने र सोही अनुसार काम गर्ने गरेको स्वीकार समेत गरे।उनीहरुले“हामीलाई कोटा पनि थोरै दिइन्छ त्यसका साथै ट्राफिक प्रहरी र यातायातका कर्माचारीहरुलाई कमिसन नदिए काम हुँदैन् ।”बताए ।

सम्बन्धित समाचार