ईश्वरपुर नगरपालिकाको कुन वडामा कुन पार्टी निर्वाचित ?

2.5k Shares

जिल्लाको  ईश्वरपुर नगरपालिकाकोनगरप्रमुख र उप प्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । नगर प्रमुखमा मनोज कुमार आचार्य र उपप्रमुखमा रंजित देवी चौधरी विजयी हुनु भएको हो ।
नगर प्रमुखमा निर्वाचित हुनु भएका आचार्यले ८ हजार ४ सय ८० मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगर प्रमुख नेकपा एमालेका मनोज कुमार देवकोटाले ५ हजार ९ सय ६० मत प्राप्त गर्नुभयो । यस्तै,नेकपा (माओवादी केन्द्र)का डा.जय प्रकाश चौधरीले ४ हजार ८ सय ३६ , लोसपाका नागेश्वर महतोले २ हजार ७ सय २८ मत प्राप्त गर्नु भयो ।
उप प्रमुखमा कांग्रेसकी रंजिता देवी चौधरीले ८ हजार २ सय ६८ मत ल्याउँदा उहाँकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी निवर्तमान नगर उप प्रमुख एकावती देवी चौधरीले ६ हजार ३ सय ५३ मत पाउनु भयो । नेकपा(माओवादी केन्द्र)की भिष कुमारी विश्वकर्माले ३ हजार ९ सय ४ , लोसपाकी मोहर देवी साह तेलीले २ हजार ८ सय ४ मत प्राप्त गर्नुभयो ।
१५ वटा वडा रहेको इश्वरपुर नगरपालिकाको नम्बर १ मा नेकपा एमालेका धर्मेन्द्र राय यादव ५ सय ९६ मत , वडा नम्बर २ मा नेकपा एमालेका सुरेन्द्र बहादुर कार्की ५ सय ६४ मत , वडा नम्बर ३ मा नेकपा एमालेका विश्वनाथ सहनी,मलाह ५ सय ३१ मत , वडा नम्बर ४ मा नेपाली कांग्रेसका प्रेम कुमार थिंङ तामाङ ७ सय ८६ मत , वडा नम्बर ५ मा जसपाका पंची महतो ८ सय २९ मत , वडा नम्बर ६ मा नेकपा एमालेका महमद रहमद अन्सारी ६ सय ७२ मत , वडा नम्बर ७ मा नेपाली कांग्रेसका नाथुराम चौधरी ५ सय ५२ मत , वडा नम्बर ८ मा नेपाली कांग्रेसका श्याम बहादुर थापा ५ सय ५७ मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका नन्द लाल चौधरी ४ सय ७१ मत , वडा नम्बर १० मा नेपाली कांग्रेसका रास नारायण चौधरी ३ सय ८७ मत , वडा नम्बर ११ मा लोसपाका राम दुलार साह ४ सय ६ मत , वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री ८ सय १ मत , वडा नम्बर १३ मा नेकपा एमालेका तिल बहादुर तामाङ ५ सय ८९ मत , वडा नम्बर १४ मा नेकपा(माओवादी केन्द्र)का सित कुमार महतो कोइरी ६ सय ४६ मत र वडा नम्बर १५ मा नेपाली कांग्रेसका उमेश कुमार चौधरी ७ सय ९८ मत ल्याउँदै निर्वाचित हुनु भयो ।

सम्बन्धित समाचार