नेपालका आदिवासी जनजाति तथा थारुहरु आन्तरिक उपनिवेशको सिकार भई रहेका समावेशी समाजवादी पार्टी नेपालका अध्यक्ष किशोर विश्वासले बताए।महोत्तरीको बर्दिवासमा भएको राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष विश्वासले थारु जातिको संस्कृतिका साथै जल,जंगल र जमिनको संरक्षण आवश्यक रहेकोमा संघीयता लागू भए पछि संघीय र प्रदेश सरकार थारु जातिको अस्तित्व समापनको खेलमा लागेको समेत आरोप लगाए ।
उनले भारतमा नरेन्द्र दामोदर दास मोदीको सरकार बनेदेखि गैर कानुनी तरिकाबाट नेपाल प्रवेश गरेका मुस्लिम तथा अन्य जाति र समुदायका मानिसहरुलाई नेपाल सरकारले चक्लेट बाँडेको जसरी नागरिकता बाँडि रहेको बताउँदै आफुहरु यस प्रकारका गतिविधिहरुको खुलेर प्रतिवाद गर्ने तयारीमा रहेको समेत बताए ।
नेपाली कांग्रेस र नेकपा(एमाले)को नश्लवादी सरकारले आदिवासी जनजाति थारुहरुलाई उपेक्षा गरि आगन्तुकहरुलाई संरक्षण गर्न भन्दै भूमि सम्बन्धि ऐन,निजामती कर्मचारी विध्येक र नागरिकता ऐन संसोधन गरेको नागरिक उन्मुक्ति पार्टी मधेश प्रदेशका अध्यक्ष राम चन्द्र चौधरीले बताए ।
नेपाल लोकतान्त्रीक पार्टी,थरुहट÷थारुवान राष्ट्रिय मोर्चा,नागरिक उन्मुक्ति पार्टी र समावेशी समाजवादी पार्टी नेपालको संयुक्त आयोजनामा बर्दिवास उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको राजनीतिक सम्मेलनलाई सम्बोधन गर्दै थरुहट/थारुवान राष्ट्रिय मोर्चा मधेश प्रदेशका अध्यक्ष चेत नारायण चौधरीले मधेशका राजनीतिक दलहरुलाइ देशको चिन्ता नरहेकाले मधेशलाई हित नहुने विध्येक,ऐन,कानुनी बन्दापनि मौन बसेका बताए ।
उनले गैर कानुनी बाटोबाट नेपाल प्रवेश गरेर नेपालमा भारतिय नागरिकहरुले आफ्नो वर्चस्व बनाउन र देशको अस्तित्व सकाउन लागेका कारण मधेशका आठ सहित तराईका सबै जिल्लालाई समेटेर थारु,थरुहट/थारुवान प्रदेश बनाउन आवश्यक रहेको समेत बताए ।आफ्नो हक,अधिकारी नियमानुसार भद्र तरिकाबाट माग्ने र भद्र तरिकाबाट आफ्नो समानुपातिक हक अधिकार प्राप्त नभए आन्दोलन गरेर वा लडेर भए पनि लिने नेपाल लोकतान्त्रीक पार्टीका नेता कमल सिंह थारुले बताए ।
अहिले नागरिकता वितरण प्रणाली निकै लापरबाही रहेको,भूमि आयोगको नाममा आफ्ना नेता कार्यकर्ताहरुलाई जागिर खुवाउने र कमिसन असुल्ने काम भएको साथै निजमती कर्मचारी विध्येक भनौँ वा भाषा विध्येक सबै आफुहरुको हित विपरित आएका भन्दै थरुहट/थारुवान गणतान्त्रीक मोर्चा गठन गरेर चरणवद्ध रुपमा यस प्रकारका सरकारका गतिविधिहरुको खुलेर प्रतिवाद गर्न आफुहरु एक भएर लाग्ने कार्यक्रमका वक्ताहरुले बताए ।