भोटेकेसी बाढी तथा पहिरोमा ज्यान गुमाएकाहरुको सम्झनामा लखनदेही पुलमा दीप प्रज्वलन

199 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–११ र १२ को सीमास्थित लखन्देही खोलामा निर्माण गरिएको पुलमा भोटेकोसी बाढीमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।भर्खरै निर्माण सम्पन्न भएको उक्त पुलमा लालबन्दी र हरिवन नगरपालिकाका स्थानीयको उपस्थितिमा दीप प्रज्वलन गरिएको लालबन्दी नगरपालिका–१२ का वडा अध्यक्ष दुर्गा बहादुर आले मगरले जानकारी दिए ।उनका अनुसार बाढीमा परेर ज्यान गुमाएकाहरुको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
लालबन्दी नगरपालिका–११ र १२ का स्थानीय युवाहरु बाबुलाल मोक्तान,उमेश ठोकर र सुरेन्द्र लामा लगायतको नेतृत्वमा दीप प्रज्वलन गरिएकोे हो ।दीप प्रज्वलन कार्यक्रममा लालबन्दी नगरपाकिला–१२,१३ र हरिवन नगरपाकिला–२ का जनप्रतिनिधिहरुका साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानीय अगुवा र सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।भर्खरै निर्माण सम्पन्न भएको लखन्देही खोलाको पुलमा राष्ट्रिय झण्डा बनाएर दीप प्रज्वलन गर्दै भोटेकोसी बाढी तथा पहिरोमा परेर ज्यान गुमाएकाहरुप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरिएको हो ।

सम्बन्धित समाचार