बोलबम हिडेका एक तिर्थ यात्रीको ट्याक्टरबाट खसेर मृत्यु,ट्राफिक प्रहरी मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१३ गते   २०७१ पटक हेरिएको

बोलबम हिडेका एक तिर्थ यात्रीको ट्याक्टरमा जोखिमपुर्णयात्रा

 सर्लाहीको बागमती नगरपालिका ४ जिरायतमा ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएकोछ । बागमती नगरपालिका ४ जिरायतमा शुक्रबार दिउँसो बोलबमका तिर्थयात्री चढेको ट्याक्टरबाट खसेर एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।


शुक्रबार दिउँसो करिब साँढे ३ बजे चक्रघट्टाबाट बागमतीतर्फ बोलबमका तिर्थयात्री बोकेर आउँदै गरेको नम्वर नुखलेको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा सवार चक्रघट्टा गाएँपालिका ६, गोहियाही बस्ने अन्दाजी १९ वर्षीय निखिल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कायार्यलय सर्लाहीले जनाएको छ ।


प्रहरीका अनुसार  ट्याक्टरको टेलरबाट अगाडिको भाग इन्जिनमा जाने क्रममा बीचमा लडी गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि हरिवनमा रहेको सरस्वती अस्पताल पुर्याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाकाप्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ । दुर्घटनापछि ट्याक्टर चालक ट्याक्टरसहित फरार भएका छन् । हरिवन प्रहरीले फरार ट्याक्टर र त्यसका चालकको खोजी जारी रहेको जनाएको छ ।

बोलबम मनाउँन भन्दै तिर्थयात्रीहरु जोखिमपुर्ण यात्राबाट आउने जाने गरेको भएपनि जिल्लाका विभिन्न स्थानमा बसेका ट्राफिक प्रहरी त्यस प्रकारका सवारी साधनहरुलाई निगरानी गर्न तिर्फ केन्द्रीत नहुँदा यस प्रकारको घटना घट्ने गरेको जानकारहरुले बताएका छन्

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech