जीवेश्वर यूवा क्लब प्रथम लालबन्दी मेयर गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

383 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा जारी प्रथम लालबन्दी मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा आयोजक जीवेश्वर यूवा क्लब प्रवेश गरेको छ ।आईतबार गोलबजार स्पोर्टस् क्लब सिराहामाथि १ ० को संघर्षपूर्ण जित निकाल्दै आयोजक जीवेश्वर यूवा क्लब सर्लाही क्वाटर फाईनलमा प्रवेश गरेको हो । 
खेलको ३७ औँ मिनेटमा जीवेश्वरका आशिष श्रेष्ठले डिबक्सभित्र दिएको उत्कृष्ट पासलाई सुजन स्याङतानले गोलमा परिणत गर्दै जीवेश्वरलाई क्वाटर फाईनलको यात्रा तय गराएका आयोजक क्लवका अध्यक्ष दिपेन्द् बुढाथोकीले जानकारी दिए ।उनका अनुसार माघ १६ बाट सुरु भएको प्रथम लालबन्दी मेयर गोल्डकपमा यसअघि शुक्रबारको खेलमा न्यू त्रियूगा स्पोर्टस् क्लब सप्तरी र शनिबारको खेलमा धनुषा ११ धनुषाले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।
प्रतियोगिता अन्तर्गत सोमबार बेङ्खाडी यूवा क्लब महोत्तरी र मकवानपुर फुटबल संघ हेटौंडाले खेल्ने आयोजकले जनाएको छ।माघ २७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको लालबन्दी नगरपालिका मुख्य प्रायोजक रहेको छ।प्रतियोगिताको बिजेताले रु तीन लाख र उपबिजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने आयोजक जीवेश्वर यूवा क्लब लालबन्दी नगरपालिका १ नवलपुरले जनाएको छ ।

सम्बन्धित समाचार