४५ सय पिस प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

334 Shares

जिल्ला प्रहरी कार्यालय बाराले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध सहित एक जना मानिसलाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको कमाण्डको प्रहरी टोलीले कलैया उप–महानगरपालिका ५ भरत चौक स्थित मटिअर्वा जाने बाटोबाट बाराको जीतपुर सिमरा उप–महानगरपालिका ७ का अन्दाजी वर्ष २० का सेराज अन्सारीलाई नोर्फिन एक हजार पाँच सय,फेनारगन एक हजार पाँच सय र डाईजोपाम एक हजार पाँच सय पिस गरी कुल चार हजार पाँच सय पिस प्रतिबन्धित लागू औषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई वाट आँपको क्यारेट भित्र राखी लुकाई छिपाई राखि रहेको अवस्थामा प्रहरीलाई देखी भाग्न खोज्दा शंका लागि नियन्त्रणमा लिएर उक्त कयारेट चेकजाँच गर्दा सोही भित्र लुकाई छिपाई राखिएको प्रतिबन्धित लागू औषध सहित अन्सारीलाई नियन्त्रणमा लिएको हो।नियन्त्रणमा लिईएका अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखि आवश्यक अनुसन्धन सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार