करिब सवा दुई करोडमा निर्माण भयो रामनगरको आफ्नै भवन

4k Shares

 सर्लाहीको रामनगर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरीएको छ ।  रु २ करोड ३२ लाखमा निर्माण गर्न भन्दै ब्राइट मल्टी कन्ट्रक्सनले ठेक्का लिएको गाउँपालिकाकी कार्यबाहक अध्यक्ष नितु देबीले बताउनु भयो ।
रामनगर गाउँपालिका विकासका पुर्वाधारमा फड्को मारीरहेको कार्यबाहक अध्यक्ष नितुले बताउनु भयो । उहाँका अनुसार रामनगर गाउँपालिकालाई सम्पन्न बनाउँनका लागी आन्तरिक लगानी कर्ताहरुलाई अभिप्रेरीत गर्नु पर्ने बताउनु भयो । गाउँपालिकाले लगानी कर्ताहरुलाई सहयोग र सुरक्षा दिएमात्र लगानी कर्ता लगानी गर्न तयार हुने र गाउँपालिकाका नागरिकहरुलाई स्वरोजगर बनाउन सकिने  कायबाहक अध्यक्ष नितु देवीले बताउनु भयो ।
गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्दा निकै आरोह अबरोह पार गरी निर्माण गरेको 
कार्यवाहक अध्यक्ष नितु देवीले बताउनु भयो । कार्यबाहक अध्यक्ष नितु देवीले स्थानीय सरकार आएसँगै रामनगर गाउँपालिकामा विकाश विरोधिहरुबाट विभिन्न बाधा अर्चन आए पनि आफु पुर्वाधारका काममा तल्लीन भएर लागेको बताउनु भयो ।
 एक समयमा रामनगर गाउँपालिका भरी कुनै बाटो हिन्न नसक्ने अवस्थामा रहेको भएपनि  अहिले धेरै बाटाहरु पी। सी। सी बाटो ढलान गरि रामनगरको मुहार नै फेरीएको कार्यबाहक अध्यक्ष नितु देवीले बताउनु भयो । उहाँले सबैको साथ र सहयोगले गर्दा नै गाउँपालिकाले आफ्नै मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताउनु भयो । 
ब्राइट मल्टी कन्ट्रक्सन कम्पनीले ठेक्का लिएको र समयमै काम सम्पन्न गरि दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादवले बताउनु भयो । उहाँले “भाडाको घरबाट आफ्नो सेवा सञ्चालन गर्दा निकै समस्या आएको थियोअहिलेआफ्नै भवन निर्माण भयो अब काम गर्न असहज हुदैन । ” बताउनु भयो ।  उहाँका अनुसार पहिला एउटै कोठामा दुई तीनवटा शाखाहरु सञ्चालनमा हुँदा सेवाग्राही तथा सेवा प्रदायकहरुलाई पनि समस्या हुने गरेको भएपनि गाउँपालिकाको आफ्नै भवन निर्माण भएपनि त्यो समस्या समाधान भएको हो 

सम्बन्धित समाचार