Close This

चन्द्रनगर २ बाट रकम बाँड्दै गर्दा २ जना पक्राउ,प्रहरीले सार्वजनिक गरेन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-३ गते   ८११ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाँउपालिका  २ बबरगन्जबाट मतदातालाई पैसा बाँड्दै गरेकाे अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । 
चन्द्रनगर गाउँपालिका २ बबरगन्जबाट लाेसपाका दुई जना कार्यकर्ता रकम बाँड्दै गर्दा रु १ लाख रकम  सहित कार  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार  गाडीमा रकम राखि मतदातालाई बाँड्दै गर्दा उनिहरुलाई पक्राउ गरिएको हाे ।  उनीहरुले निर्वाचन आचारसंहिता विपरित सवारीसाधनकाे प्रयाेग गरि रकम बाँड्दै गरेका कारण पक्राउ गरिएको हाे ।
तर प्रहरीले सवारीसाधनकाे नम्बर र पक्राउ परेका लाेसपाका २ कार्यकरताकाे नाम सार्वजनिक गरेकाे छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech