Close This

महासंघ अध्यक्ष क्षेत्री र शताब्दी पुरुष थापा लगायतलाई कांग्रेस हरिवनद्धारा सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-३१ गते   ६४ पटक हेरिएको

नेपाली कांग्रेस हरिवनले शताब्दी पुरुष बबरजंग थापा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई सम्मान गरेको छ । यही साउनबाट एक सय वर्ष लाग्नु भएका हरिवन नगरपालिका–९, निवासी थापालाई अभिनन्दन पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको नेपाली कांग्रेस हरिवनले जनाएको छ । कांग्रेस हरिवनका अनुसार थापाले हरिवनको शैक्षिक, धार्मिक, सामाजिक लगायत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
थापा हरिवनको महादेव जनता नमूना मावि र चतुर्भूजेश्वर जनता माविका संस्थापक, २०३२ सालको उपप्रधान पन्च, चतुर्भूजेश्वर मन्दिरका संस्थापक सहित विभिन्न संस्थामा योगदान पुर्याउने व्यक्तित्वको रुपमा परिचित रहनु भएको छ ।
यस्तै, कांग्रेसले नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष पत्रकार टंकबहादुर क्षेत्री लगायतका पत्रकारहरुलाई पनि सम्मान गरेको छ । कांग्रेसको तर्फबाट चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको अध्यक्षमा निर्वाचित बासुदेव निरौला, सगुन सहकारीमा कांग्रेसकै तर्फबाट प्रतिनिधित्व गर्ने विनोद कार्की लगायतलाई सम्मान गरेको कांग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडाले जानकारी दिनु भयो । कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech